"नवलपुरमा मगर लेखक संघको जिल्ला समिति गठन" - MONGOL KHABAR

Breaking

"नवलपुरमा मगर लेखक संघको जिल्ला समिति गठन"

झबिन्द्र मगर
नवलपुर । श्रावण ३२ शनिबार, नवलपुरको कावासोतीमा आज एक कार्यक्रमको विच नेपाल मगर लेखक संघ नवलपुरको टंक बिरकट्टा मगरको अध्यक्षतामा ९ जनाको जिल्ला समिति गठन भएको छ । कावासोतीमा रहेको आदिवासी जनजाती महासघंको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रिय स्तरको मगर लेखकहरु तथा मगर लोकगायक हिम कुमार थापा मगरको उपस्थिती रहेको थियो ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितीको आयोजकत्व रहेको उक्त कार्यक्रमको प्रमुख अथिती केन्द्रीय मगर लेखक संघका उपाध्यक्ष हेमा आले मगर, विशिष्ट अथिती केन्द्रीय मगर लेखक संघका संस्थापक महासचिव उज्जिल राना मगर रहेको थियो ।

उक्त कार्यक्रम नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितीका उपाध्यक्ष खड्का बहादुर आले मगरको अध्यक्षतामा र नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितीका सदस्य भोज विवश खण्डलुक मगरको संयोजकमा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय मगर लेखक संघका सदस्य मिमिक माकिम मगरले राख्नुभएको थियो