सचिन राईको अध्यक्षतामा २१ सदस्यीय युवा सभा सोलुखुम्बु गठन - MONGOL KHABAR

Breaking

सचिन राईको अध्यक्षतामा २१ सदस्यीय युवा सभा सोलुखुम्बु गठन



काठमाण्डौ, साउन १९ /
सचिन राईको अध्यक्षतामा २१ सदस्यीय मंगोल युवा सभा सोलुखुम्बु एक कार्यक्रमका बीच गठन भएको छ । 
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङका संघीय अनुशासन प्रमुख शक्ति चाम्लिङको प्रमुख आतित्यथामा काठमाण्डौको सुकेधारास्थित डाँफे गेष्टहाउस एण्ड सेकुवा घरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 
संघीय युवा संयोजक अमित याख्खाको लगभग १ घण्टे प्रशिक्षण पश्चात सोलुखुम्बु जिल्ला तदर्थ गठन भएको हो । 
नव गठित पदाधिकारीहरुले आईपरेको जिम्मेवारी जस्तो सुकै चुनौती आएपनि बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रमुख अतिथि चाम्लिङले युवाहरु परिवर्तनको खम्बा भएकाले मूल संगठन युवाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले मूल सँगठन भइपरि आउने समस्याको समाधान गर्न तत्पर रहेकाले नडराई आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनु भएको छ । 
विशेष अतिथि याख्खाले स्कुलिङ गर्दै युवाहरुले मंगोल बुझेर मात्रै उत्तरदायित्व पुरा नहुने भन्दै त्यसका लागि आफ्नै घरभित्रैबाट परिवर्तनको लागि क्रान्तिको आवश्यक रहेको बताउनु भयो । परिवारभित्र क्रान्ति गरेपछि समाजमा स्वतः क्रान्ति हुने बताउनु भयो । 
कार्यक्रममा प्रदेश नं १ का संयोजक सांगे लामा लगायतको उपस्थिति रहेको कार्यक्रममा सचिन राईले सभा विर्सजन गर्नु भयो ।