काठमाडौ । श्रावण, दिवंगत लोकतन्त्रवादी, मानवअधिकारवादी नेता डा. गोपाल गुरुङद्वारा लिखित नेपाली राजनीतिमा अदेखा सचाइ पुस्तकको कारण पंचायतकालमा जेल पर्दा भद्रगोलमा जनवरी १, १९८९ मा स्थापना भएको मंगोल नेशनल अर्गनाइजेशनले स्थापनाकाल देखिको संगठनको नीति, सिद्धान्तलाई २०७४ मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव पछि भएको चुनावी समिक्षा बैठकले बहुमतको दम्भ सहित अवैधानिक ढंगले केन्द्रीय सभा, प्रदेश सभा विघटन गर्नुको साथै चुनावमा बाहुन क्षेत्रीले (खसआर्य) साधारण सदस्य समेत नपाउने एमएनओको नीति हुँदा हुँदै टिकट बाँडी उम्मेद्वारी दिएको हुँदा, आदिवासी जनजाति दलित जस्ता अपहेलित शब्द स्विकारी मगरलाई खस आर्य बनाई उम्मेद्बारी दिएकोले सैद्धान्तिक मत विभाजन आएको थियो । फलस्वरुप संस्थापन पक्षधरले बाहुन क्षेत्रीलाई समावेशी चरित्र अनुरुप स्वीकार्ने अडान पश्चात एमएनओ-डा.गोपाल गुरुङ गठन भएको हो ।
सन् १४९५ तिर भारतको मुगोल सम्राट अलाउदिन खिलजीको आक्रमणमा परि नेपाल भित्रिएका शासकहरुबाट प्रताडित मूलबासी मंगोलहरुको लुटिएको आफ्नो अधिकार स्थापित गर्न, विभाजित मूलबासी मंगोलहरुलाई संगठित गरेर एउटा साझा संगठनका रुपमा स्थापित गर्न डा.गोपाल गुरुङले २ दशक कुर्नु प¥यो । स्थापनाकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षको वकालत गर्दै आएको यस संगठनले राज्यले लामो समय देखि अवलम्बन गरेको वर्णभेदी नीतिको बिरुद्ध लड्दै आएको थियो । जातीयताको बिरोध गर्दै जातीयताले एउटै समुदायलाई फुटाउने भएकाले मूलबासी मंगोलहरु सबै एउटै वंशजको हुँदा एक भई आफ्नो इतिहास, संस्कृति र अस्तित्व रक्षा गर्न आव्हान गर्दै आएको थियो ।
शासक बाहुनक्षेत्रीको एकलौटी शासन बिरुद्धको छुट्टै धारका रुपमा स्थापित अर्गनाइजेशनले यो देशका मूलबासी मंगोल पहिलो नीतिको रुपमा वकालत गर्दै बहुसंख्यक मूलबासी मंगोलहरुले शासन गर्नु पर्ने आवाज उठाउदै आएको थियो । शासक वर्गका बाहुन क्षेत्रीहरुले थोपरेका राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक र सामाजिक तथा सांस्कृतिक विभेदलाई रुपान्तरण गर्दै न्यायपूर्ण समानताको स्थापना गर्नु मुख्य उद्देश्य हो, परन्तु ठीक विपरित शासक वर्गको नीतिलाई स्वीकार्दै डा.गोपाल गुरुङको दर्शनलाई आत्मासर्मपनवाद, संशोधनवादमा पु¥याएर विर्सजन गरेको कारण नवसंशोधनवाद, आत्मासमर्पनवादको बिरुद्ध मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको स्थापना भएको हो ।
