विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका मेघराज काफ्ले र नारायण कुर्मी घुस रकम सहित अख्तियार द्वारा पक्राउ - MONGOL KHABAR

Breaking

विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका मेघराज काफ्ले र नारायण कुर्मी घुस रकम सहित अख्तियार द्वारा पक्राउ

नवलपरासी, ३० श्रावण । पश्चिम नवलपरासीको त्रिवेणीमा रहेको नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका दुई जना कर्मचारी घुस रकम सहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मीलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४६ हजार ५ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो ।


दुई जना कर्मचारीले घुसबापतको रकम लिइसकेको अवस्थामा निजहरूलाई कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।