प्रबास सभा कतारमा मंगोलवाद बारे प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

प्रबास सभा कतारमा मंगोलवाद बारे प्रशिक्षण सम्पन्न

जगत ठाडा मंगोल
प्रबास कतार । श्रावण ३१ शुक्रबार, मंगोल नेशल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रबास सभाले हिजो शुक्रबार परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त परिचयात्मक तथा प्रशिक्षण कार्यक्रममा प्रबास सभा कतारका सचिब कुमार थापा मगर र प्रबास सभाका प्रबक्ता राजकुमार चाम्लिङले मंगोलवाद र मुलबासी मंगोलको अस्तित्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रबास कतारमा रोजगारीको शिलशिलामा रहेको मुलबासी मंगोलहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपालमा मंगोल राष्ट्रबाद र मंगोल अस्तित्वको निम्ति देशैभरी अभियान चलाईरहेको सबैलाई जानकारी छ । प्रबासमा पनि पछिल्लो समय मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मंगोलवाद बारे व्यापक प्रशिक्षण कार्यक्रम गर्दै मुलबासी मंगोल ब्युँझाउने अभियान तिब्र गतिमा गरिरहेको छ ।

कार्यक्रम रमेश थिङ तामाङको सभापतित्वमा न्यु स्टार फाष्ट फुड रेष्टुरेन्ट दोहा कतारको सभा हलमा सोमा हाङ थुलुङको संचालनमा भएको प्रबास सभा कतारका सचिब कुमार थापा मगरले मंगोल खबर अन्लाईनलाई आज जानकारी दिनुभएको थियो ।