राज्यको ध्यान पर्यटकीय सम्भावना रहेको नवलपुर जिल्लाको झेँरिखण्डे दरबार डाँडामा जाओस - MONGOL KHABAR

Breaking

राज्यको ध्यान पर्यटकीय सम्भावना रहेको नवलपुर जिल्लाको झेँरिखण्डे दरबार डाँडामा जाओस

नवलपुर ।भदौं १ आइतबार, बर्दघाट सुस्त पुर्ब नवलपरासीको अति बिकट साबिक कोटथर गाबिस वडा नम्बर ९ हालको बुलिङटार गाउँपालिका वडा नम्बर १ हात्तिगौडा गाउँमा एक अति सुन्दर मगर बस्ती छ । जुन गाउँ नजिक एक यस्तो दरबार छ, त्यही दरबारको नाउँ झेरीखण्डे दरबार डाँडा हो ।
राज्यको आँखा नपुगेको नेपाल भित्रैको स्वर्गको एक अंश झेरिखण्डे दरबारमा पुग्न नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका भेँडाबारि बजार देेेखि साबिक रतनपुर गाबिसको आहले, दमार, बसेेेेनी र डोँडेको सिमाना समाप्त पश्चात् बुलिङटार गाउँपालिका हात्तीगौंडा नवलपुरमा पर्ने यो सुन्दर ठाउँलाई झेरिखण्डे दरबार भनिन्छ । झेरिखण्डे दरबार डाँडा धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिकोणले नवलपरासी जिल्लाको एक पर्यटकीय स्थलको रुपमा भरिपुर्ण छ । झेँरिखण्डे दरबार डाँडाको बारेमा पुर्खौं देखि एक आश्चर्यजनक र सुन्दर कथा छ । यहाँ पहिला राजदरबार भएको जनविश्वास रहेको स्थानिय छ ।

राज्यले दक्ष विज्ञहरूलाई ल्याएर उत्खनन गर्न सके यहाँ नुनखानी र मट्टीतेल खानीको प्रवल सम्भावना भएको त्यहाँका स्थानीय वासिन्दाको भनाइ छ । नवलपुर क्षेत्र न:१ मा संसदिय निर्बाचनमा दामोदर बास्तकोटि, महेन्द्र ध्वज जिसि लगायत नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले तिनपटक निर्वाचन जितिसकेको क्षेत्र हो । डा.कोइराला भन्दा पहिले पनि नेपाली काँग्रेसले नै जितेको क्षेत्र हो । तर पनि यस ठाउँमा अहिलेसम्म बिजुली बत्ती यातायात खानेपानीको सुबिधाबाट बन्चित रहेको छ ।

समुन्द्रीक सतह देखि निकै माथिल्लो सतहमा रहेको झेरिखण्डे दरबार डाँडा निकै मनोरम तथा सुन्दर रहेको छ । यस क्षेत्रमा बिकासका पुर्वधारहरू गर्न सके पर्यटकीय स्थलको रुपमा प्रबल सम्भावना रहेको छ । यस बाट प्रत्यक्ष लाभ राज्य तथा यहाँका स्थानीय बासिन्दालाई हुने देखिन्छ । तर पनि अहिले सम्म कुनै पनि प्रयास भएको देखिदैन । यहाँको बिकासको लागि नै  स्थानीय तह देखि केन्द्र तह सम्म पहल गर्ने स्थानीयको माग छ । राज्यले पनि यस क्षेत्रलाई पहल कदामी चलाउन जरुरी छ ।
तस्बिर :-