सुनसरीको धरानमा २५ औं विश्व मुलबासी दिवस भब्यताको साथ मनाइयो - MONGOL KHABAR

Breaking

सुनसरीको धरानमा २५ औं विश्व मुलबासी दिवस भब्यताको साथ मनाइयो

सुनसरी । साउन २४/ २५औ मूलवासी दिवस MNO DGG सुनसरी जिल्ला सभाले भव्यताको साथ् मनाएको छ । सुनसरी जिल्ला सभाका पार्टी कार्यालयमा पुरानो झण्डालाइ बदल्दै नया झण्डा संघिय संयोजक बिरालाल वलेहाङ्ग बिहान फहराउनु भए लगतै पार्टी कार्यालयबाट जुलुसको साथ् पुरानो बजार हुदै छाता चोकबाट भानुचोक स्थित कोण सभामा परिणत भइ आजको कार्याक्रममा वलेहाङ्गले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा उहाले बोल्दै भन्नु भयो हामी मूलवासी मंगोल हरुलाई केहि पढेलेखेका मंगोलहरुले बाहुनले फालेको हड्डीमा बिकेर मतवाली, आदिवासी,दलित भन्न र भनाउन लागिपरेका हुन् । यस्तो कुरा देखि तपाई हामि सचेत रहनु पर्दछ । माहपुरुष युग पुरुष निडर निर्भिक मंगोल सिधान्त जन्म दाता डा गोपाल गुरुङले सोसित दमन अत्याचार भैरहेको अबस्थामा उहाले मंगोल दर्सन जन्माइदिनु भयो । त्यो मंगोल दर्सनले तपाई हामीलाई मुलबासी मंगोल हो भन्न एउटा प्राण दिएको छ ।

हामि मंगोलका पुर्खाहरु पाच सय वर्ष भयो जन्मिय हुर्के मरे मूलवासी हो कि मंगोल हो कि मान्छे हो कि किरा फतेंग्रा हो केहि थाहा नपाइ उनि हरु बितेर गए तर आज युग पुरुष डा गोपाल गुरुङको कारणले हामीले मंगोल भन्ने थाहा पाऔ अब हामीले बिदेशी दलाल हरु संग बिक्नु हुन्न भन्नु भएको थियो भने कार्यक्रममा संघिय कोष अध्यक्ष दिनेश बान्तवा संघिय सचिब लोक तामाङ्ग जिल्ला सभा सुनसरी अध्यक्ष काजीराम राइ सुनसरी जिल्ला सभा नारि अध्य्क्ष अमृता राइ सहसचिब बिनिता राइ ले स्वागत मन्तब्य दिनु भएको थियो भने सुनसरी जिल्ला सभाका सचिब जय आलेले कार्याक्रम संचालन गर्नु भएको थियो ।
तस्बिर :-