एमएनओ–डा.गोपाल गुरुङलाई प्रवास कतारको रु ३५ हजार सहयोग - MONGOL KHABAR

Breaking

एमएनओ–डा.गोपाल गुरुङलाई प्रवास कतारको रु ३५ हजार सहयोग


काठमाण्डौ, भदौ १० /
मंगोल नेशनल अर्गनाइजेशन–डा. गोपाल गुरुङ प्रवास सभा कतार द्वारा संघीय सभालाई रु ३५ हजार सहयोग प्राप्त भएको छ ।  प्रवास सभा कतारका कार्यलय सचिव निकेस कुलुङले संघीय कार्यलयमा पुगी मूलसचिव वर्णवास दर्लामीलाई हस्तान्तरण गर्नु भएको छ ।

प्रवास कतार द्वारा २५ हजार र कार्यलय सचीव निकेस कुलुङ्ले ब्यक्तिगत रुपमा १० हजार गरि जम्मा ३५ हजार संघीय कार्यलयलाई हस्तान्तरण गरेको हो । साथै प्रवास सभा कतार कार्यलय सचिव निकेस कुलुङ र सदस्य मन्जु राईलाई संगठन संघीय मुलसचिव नर ब दर्लामी मगर वर्णवास, संघीय सदस्य जीवन मंगोल, सांकृतिक बिभाग प्रमुख इन्दिरा राई, आर्थिक बिभाग प्रमुख आरेन राई, संघीय सदस्य सेरप तामाङ, ३ नं प्रदेश युवा प्रमुख मन्दिरा मोक्तान लगाएतका नेता कार्यकर्याले खादा लगाएर सम्मान गरेका थिए ।