बिप्लब नेतृत्वको नेकपा नवलपुर जिल्ला सदस्य गणेश बिक (गुराँस)लाई पार्टीद्वारा निस्कासन - MONGOL KHABAR

Breaking

बिप्लब नेतृत्वको नेकपा नवलपुर जिल्ला सदस्य गणेश बिक (गुराँस)लाई पार्टीद्वारा निस्कासन

नवलपुर । भदौ १४, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपुरका जिल्ला सदस्य गणेश विक (गुराँस) लाई पार्टीले निस्कासन गरेको छ ।
हिजो नवलपुर जिल्ला इन्चार्ज जुझारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला समिती सदस्यको पदमा बसि समितिले गरेका निर्णयहरुलाई उल्लंघन गर्दै पार्टीको सम्पर्क भन्दा बाहिर रहि साङ्गठनिक रुपमा अराजक ढंगले पार्टीको नीति विपरित गतिविधि गरेकोले जिल्ला समिती सदस्य गणेश बिक गुराँसलाई आजैका मितिदेखी पार्टीबाट निस्कासन गरिएको छ ।”

नवलपुर पार्टी जिल्लामा जवस र मोर्चा संगठनहरुको सुदृढ र बिस्तारको अभियानमा रहेको बताउदै, विज्ञप्तिमा पार्टी नीति बिपरित काम गर्नेहरुलाई कारवाही र शुद्धीकरण समेत गर्ने गरेको जानकारी दिईएको छ । उनी केही समय अगाडी मात्र सत्तारुढ नेकपा छोडेर विप्लव नेकपामा प्रवेश गरेका थिए ।