नवलपुर जिल्ला मंगोलमय बन्दै, मंगोलवाद प्रशिक्षण तथा संगठन तिब्र बिस्तार - MONGOL KHABAR

Breaking

नवलपुर जिल्ला मंगोलमय बन्दै, मंगोलवाद प्रशिक्षण तथा संगठन तिब्र बिस्तार

नवलपुर । भदौं १३ शुक्रबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुरको आयोजनामा आज नवलपुर जिल्ला बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर २ घुसेरी गाउँमा एक दिने मंगोलवाद प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रम जिल्ला सभा नवलपुरका सचिब सरोज पुन मगरको स्वागत मन्तब्य पश्चात् शुरु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक तथा कार्यक्रमका प्रमुख अतिथी संघिय सभाका मुलसचिब बर्णबास दर्लामी मगरले उपस्थित मुलबासी मंगोल दाजुभाई दिदिबहिनीहरुलाई मंगोलवाद बारे प्रशिक्षण दिनुभएको थियो । अर्का विशेष अतिथी पाँच नम्बर प्रदेशका संयोजक बिमला पुन मगरले उपस्थितिलाई उच्च सम्मान गर्दै नारीहरु अब खेतवारि र चुलोमा मात्र सिमित रहनु हुदैन । नारी मुक्तिको लागि नारीहरु एक जुट भएर अगाडि बड्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा संघिय सदस्य पुर्खाराम चेपाङ ५ नं प्रदेश सदस्य खुमेन्द्र पुन, नवलपुर जिल्ला सचीव सरोज पुनमगर, कलाकार सान्ता जिएम र बालिका सुनार लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको अबसरमा संघिय सभा सदस्य जगत ठाडा मंगोलले ब्यक्तिगत तर्फबाट स्थानिय सृजना आमा समुहका अध्यक्ष बिष्णु सोमै मगरलाई १५ वटा कुर्ची हस्तान्तरण पनि गर्नुभएको थियो । साथै कार्यक्रम प्रशिक्षण पश्चात् बिष्णु सोमै मगरको नेतृत्वमा ७ सदस्यीय नारी वडा सभा गठन गरिएको छ ।

कार्यक्रम नवलपुर जिल्ला सभाका अध्यक्ष चित्रबहादुर थापा मगरको सभापतित्वमा घुसेरी आमा समुहको भवन सभाहलमा संघिय सदस्य जगत ठाडा मंगोलको संचालनमा भएको थियो ।
तस्बिर :-