मंगोलवाद प्रशिक्षण दिन नवलपुर आईपुगेका मुलसचिब बर्णबासले बाहुनक्षेत्रीको इसरामा चल्न छोड्नुस भने - MONGOL KHABAR

Breaking

मंगोलवाद प्रशिक्षण दिन नवलपुर आईपुगेका मुलसचिब बर्णबासले बाहुनक्षेत्रीको इसरामा चल्न छोड्नुस भने

नवलपुर । भदौं १४ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुरको आयोजनामा भएको एक दिने कार्यक्रममा प्रशिक्षण दिन नवलपुर पुगेका संगठनका मुलसचिव बर्णबास दर्लामी मगरले यो देश बिगार्ने बाहुनक्षेत्री रहेको र उनिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नै समुदायका केहि ब्यक्तिहरु लागी परेको आरोप लगाएका छन ।
साथै उहाँले सम्पुर्ण मुलबासी मंगोलहरुलाई बाहुनक्षेत्रीको नेतृत्वद्वारा संचालन भएका पार्टीहरुलाई समेत छोडेर मुल घर तथा 80% अहिन्दु मुलबासी मंगोलहरुको घर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ मा आबद्ध हुन समेत आग्रह गरेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै वहाँले मंगोलहरु दयामा होइन अधिकारमा बाँच्न सिक्नु पर्ने र देशैभरी मंगोल जनता ब्युँझिसकेकोले बाहुनक्षेत्रीहरुलाई अब नेपालका मुलबासी मंगोललाई नहेप्न आग्रह समेत गर्नुभएको थियो ।