सुनसरी धरानमा एक दिने मंगोलबाद प्रशिक्षण पश्चात् वडा नारी सभा गठन - MONGOL KHABAR

Breaking

सुनसरी धरानमा एक दिने मंगोलबाद प्रशिक्षण पश्चात् वडा नारी सभा गठन

सुनसरी । भदौं ६ शुक्रबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ भातृसंगठन मंगोल नारी सभा सुनसरीको पहलमा धरानमा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका संयोजक बिरलाल वालाहाङ राईले देशैभरी नारी सभा गठन गरि संघिय सभालाई सहयोग गर्न नारीहरुलाई आह्वान गर्नुभएको थियो । मंगोल राष्ट्रबादको लागि नारी सभाको ठूलो भुमिका रहने समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि तथा प्रशिक्षक संघिय सभाका कोषाध्यक्ष दिनेश बान्तवा र संघिय सभाका सदस्य नरेन्द्र थुलुङ राईले उपस्थित मंगोल समुदायलाई मंगोलवाद, बाहुनवाद र माऔबाद सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पश्चात् सगुन राईको अध्यक्षतामा १३ जना वडा नारी सभा गठन गरेको छ ।

कार्यक्रम धरान ६ पानबारीमा सुनसरी नारी सभाका अध्यक्ष अमृता राईको सभापतित्वमा सर्मिला राईको  संचालनमा सम्पन्न भएको थियो ।