संघिय मंगोल युबा सभालाई माथागढि गाँउपालिका-३, भस्कट्टा पाल्पा निबासी Jong meh bang mongol ले अक्षरुपि पचास हजार सहयोग गर्ने प्रतिबद्धता - MONGOL KHABAR

Breaking

संघिय मंगोल युबा सभालाई माथागढि गाँउपालिका-३, भस्कट्टा पाल्पा निबासी Jong meh bang mongol ले अक्षरुपि पचास हजार सहयोग गर्ने प्रतिबद्धता

काठमाडौ । श्रावण १९ आइतबार, महान मंगोल राष्ट्रबादको अभियान देशै भरी तिब्रगतिमा संचालन भैरहेको बेलामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन र भातृसंगठन संघिय मंगोल युबा सभालाई सहयोग जुतिरहेको बेलामा प्रबासमा रहेर पनि नेपालमा मंगोल मुक्तिको अभियानलाई सहयोग होस भन्ने हेतुले सहयोगको प्रतिबद्ध प्रबासबाट आएको छ ।
एकाइशौं शताब्दीमा पनि मंगोलहरु आफ्नै मातृभुमिमा राज्यसत्ताबाट बन्चित हुदाको पीडा मुलबासी मंगोल जनताले बुझिसकेकोले अब मंगोल सत्ताको लागि नेपालका भुमिपुत्र मंगोलहरु एक भैई राज्यसत्ता खोस्नु पर्ने जाहेर गर्दै पाल्पा जिल्ला माथागढी गाउँपालिका-३ भस्कट्टा पाल्पा स्थाई निवासी पुर्ब MNO का कुवेत सभाका सचिब प्रबासमा कर्मभुमी बनाई रहनुभएका Jong meh Bang mongol ले मंगोल ब्युँझाउने अभियानलाई सहज होस भन्ने हेतुले आर्थिक सहयोग गर्ने घोषण गर्नु भएको छ । उहाँ प्रबासमा रहेता पनि बिगत देखि नै मंगोल अभियानमा अभियान्तको रुपमा काम गर्दै सहयोग गरि आइरहनु भएको छ । उहाँले संघिय युबा सभाका संयोजक अमित याक्खा राई संग सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । उहाँले प्रतिबद्धतामा उक्त रकम नेपाली रुपियाँ ५०,०००/- ( पचास हजार ) दिने घोषण गर्नुभएको छ । उक्त सहयोग रकम संघिय मंगोल युबा सभाका संयोजकलाई दिने जाहेर गर्नुभएको छ ।

त्यसै गरि संघिय युबा सभाका संयोजकले सहयोगी बिजय थापा मगरलाई धन्यबाद दिदै यसै गरि सहयोगको रकम जुट्ने हो भने छिट्टै मंगोल युबालाई अभियानमा देशै भरी एकता गरि अभियान तिब्रगतीमा लैजाने सहज हुने बताउनु भएको छ ।