महामानब गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राममा स्तूप बन्ने - MONGOL KHABAR

Breaking

महामानब गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राममा स्तूप बन्ने

परासी । श्रावण, २७ सोमबार, महामानब गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रबर्द्धनका लागि बौद्ध संङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम-७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश पाँच सरकारले स्थापना गर्ने उक्त संग्रहालयका लागि प्रक्रिया शुरु गरिएको छ । प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेतमा उक्त सस्तुपमा बुद्धकालिन संग्रहालय स्थापना गर्ने घोषण गर्नका लागि साथै रु. एक करोड बिनियोजन गरेको छ ।
अहिले संग्रहालय निर्माणको लागि आबश्यक जग्गा उपलब्ध गराउन पत्रचार गरिएको प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्बधार बिकासमन्त्री बैजनाथ चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नू भयो "नगरपालिकाले जग्गा उपलब्ध गराए पछि सुचना प्रकाशन गरिन्छ, यसै बर्ष भित्र निर्माण हुने उक्त संग्रहालयमा बुद्धकालिन पुरातात्त्विक बस्तु तथा चित्र संग्रह गरिनेछ, त्यसबाट बुद्धकालिन अबस्था बारे देशबिदेशबाट आउने पर्यटकले जानकारी पाउनको साथै पर्यटकको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।

संग्रहालयमा बुद्धको जिबनी संग सम्बन्धित बस्तु तथा बुद्धकालमा प्रयोग हुने गरेका भाडाकुँडा, सिक्का, ईँटा त्यस बेलाका घरका आकृती लगायत पुरातात्त्विक बस्तु राखिनेछ । प्रदेश सरकार लुम्बिनी भ्रमण बर्षका अबसरमा रामग्रामलाई उच्च महत्व दिएर यसको प्रबर्द्धनमा लागेको हो । सन १९९९ देखि २००२ सम्म स्तूप वरिपरि उत्खनन गरिएकामा त्यस पछि लामो समय सम्म यहाँ उत्खनन हुन सकेको छैन । उत्खननको क्रममा मौर्याकाल देखीका ईँटा ल्का विभिन्न खण्डहर, कुषाणकालिन  तामाका मुद्रा, खैरो रंगका माटाका भाडाबर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मुर्ती, धाँतुका रड, बहुमुल्य पथर,  जनावरका बांङगरा, जनवारको अस्थिपन्जरका साथै कला र अस्मिभुतका अवशेष भेटिएका थिए ।

पछिल्लो समय उक्त स्तुपको बिकसमा प्रदेश सरकारले चासो लिन थाले पछि यहँका नागरिक पनि उत्साहित छन । मन्त्री चौधरीको पहलमा पुर्ब-पश्चिम राजमार्गबाट रामग्राम स्तुपलाई जोड्ने गरि दुई वडास्तरिय सडकमार्ग निर्माण गरिएको छ । स्तूप र देउरवा जोड्ने पुल नहुदा त्यहाँको बिकास पछि ओअरेको गुनासो आएकाले अहिले उहाँकै पहलमा पुल बनाउन पनि बजेत बिनियोजन गरिएको छ । लुम्बिनी बिकास कोषले स्तुपको चौतर्फी बिकासका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाएको छ । कोषको कार्यकारी सदस्य राजेश ज्ञवालीका अनुसार स्तुपलाई ५०० मिटर रेडियसमा राखेर जग्गा अधिग्रहणको काम शुरु गर्न लागिएको हो ।

यो स्तुप पश्चिम नवलपरासी जिल्लाको प्रमुख पर्यटकीय स्थल हो । हालै १०० सय गन्तव्य सुचीमा समाबेश यो स्थल बिश्वसम्पदा सुचीमा सुचिकृतका लागि पर्खाईमा छ । धार्मिक, पुरातात्त्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्व रहेको स्तूप  झरही नदि किनारमा अवस्थित छ । रामग्राम बुद्धको अष्तुधातु यथास्थितिमा राखिएको स्थान भएको र बुद्ध धर्मावलम्बीले बुद्ध त्यहाँ जिबित रहेको, मान्यता राख्ने गरेको स्तूप सरक्षण समितीका अध्यक्ष शम्भु उपाध्यायले बताउनु भयो । यसलाई बुद्धको महत्वपुर्ण  धामको रुपमा लिने गरिएको छ । 

बौद्ध भिक्षु-भिक्षुणी तथा बौद्ध धर्मावलम्बी यहाँ प्रार्थाना गर्दा शान्ती मिल्ने बिश्वासले आउने गरेको छन । उपाध्यायले भन्नू भयो । रामग्राम महामानब गौतम बुद्धको मावली गाउँ भएको र उहाँको बाल्य कालको क्रिडास्थल तथा प्राचीन कोलिय गणराज्यको राजधानी रहेको बिश्वास गरिन्छ । यो स्तूप पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासी बजार देखि तीन किलोमीटर दक्षिणमा पर्दछ । झरही खोलाको किनारको समतल मैदानमा रहेको थुम्को नै रामग्राम स्तूप हो । असी फिट चौडाई, ९० फिट उचाई भएको यो स्तूप माटोबाट बनेको हो । बौद्धग्रन्थ अनुसार भगवान गौतम बुद्धको महापरिनिवार्ण भए पछि उहाँको शवलाई दाहसंस्कार गराउदा भस्म नभई मोतिको आकारमा चम्किलो दाना बनेका थिए । रासस