नवलपुर जिल्ला सभाको चियापान कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

नवलपुर जिल्ला सभाको चियापान कार्यक्रम सम्पन्न

नवलपुर । भदौं ८ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुरको मासिक भेला तथा चियापान कार्यक्रम आज नवलपुर जिल्लाको दुम्किबासमा सम्पन्न भएको छ ।
उक्त मासिक भेलामा जिल्ला सभा नवलपुरको जिल्ला सदस्य तथा मंगोल युबा सभाका सम्पुर्ण सदस्य र स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अगामी दिनमा नवलपुरलाई मंगोलमय बनाउन जिल्लाका सम्पुर्ण सदस्यहरु र भातृसंगठनका सदस्यहरुले प्रतिबद्ध गरेको छ । साथै नवलपुर जिल्लालाई अगामी हिउंदमा ८ वटा स्थानिय तहमा मंगोलबादलाई व्यापक रुपमा मुलबासी मंगोल ब्युँझाउने अभियान चलाउने पनि निर्णय गरेको छ । कार्यक्रममा उपस्थित नयाँ मुलबासी मंगोलहरुले संगठनको सदस्यता कार्ड लिएको जिल्ला सभा नवलपुरको सचिब सरोज पुन मगरले मंगोल खबर अन्लाईन खबरलाई जानकारी गराउनुभएको छ । संगठनका संघिय सभा सदस्य जगत ठाडा मंगोल भने स्वास्थको कारणले उपस्थित हुन सकेन । तर वहांले उपस्थित हुन नसके पनि कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा चियापान कार्यक्रम समेत गरेको थियो ।

चियापान कार्यक्रम नवलपुर जिल्ला सभाका अध्यक्ष चित्रबहादुर थापा मगरले गर्नुभएको थियो । कार्यक्रम जिल्ला सभा नवलपुरका अध्यक्ष चित्रबहादुर थापा मगरको अध्यक्षतामा दुम्किबासमा सम्पन्न भएको थियोे ।