वर्णभेदी नीति, कसैलाई ऐन कसैलाई चैन - MONGOL KHABAR

Breaking

वर्णभेदी नीति, कसैलाई ऐन कसैलाई चैन

जीवन मंगोल
काठमाडौ । भदौं ४ बुधबार, २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट आन्दोलनको नाममा एसएसपीसहित आठ जना प्रहरी र डेढ वर्षेको नाबालकको हत्याको मुख्य दोषी  रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनायो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका हुन्। उनी अहिले जेलजीवन विताइरहेका छन् ।
रामहरि श्रेष्ठलाई २०६५ बैशाख १५ गते कोठेश्वरस्थित निवासबाटै अपहरण गरिएको थियो । तत्कालिन समयमा श्रेष्ठको घरमा माओवादीको सम्पर्क कार्यलय थियो । त्यस समयमा उक्त कार्यलयमा काली बहादुर खाम, गोविन्द बटाला, केशव अधिकारी, अर्जून कार्की लगायतका कमाण्डरहरु बसोवास गर्दै आएका थिए । यसरी शक्तिशाली माओवादी शिविरका कमाण्डर बसोबास गरेको श्रेष्ठको घरबाट कमाण्डरको एउटा पैस्तोल र १७ लाख नगद चोरी गरेको भन्दै उनलाई बैशाख १५ गते घरबाटै अपहरण गरेको पारिवारिक श्रोतले बताए पछि उनको खोजी कार्य व्यापक भएको थियो । यसरी एका एक अपहरणमा परेका व्यापारी श्रेष्ठलाई अपहरण पछि चितवनको शक्तिखोरस्थित माओवादी तेस्रो डिभिजनमा ल्याएको अदालतको अभिलेखले देखाएको थियो । शिविरमै उनलाई अत्याधिक कुटपिट गरी हत्या गरीएको भनिए पनि श्रेष्ठको शव बैशाख २७ गते नारायणगढ मुग्लिन खण्डको भालुढुगा भन्ने ठाँउमा फेला परेको थियो ।

यसरी विभत्स तरिकाले हत्या भएको खवरले तत्कालीन समयमा उग्र रुप लियो । तत्काल घटनामा आरोपित मध्ये गोविन्द बहादुर बटाला लाई पक्राउ गरिएको थियो भने अन्य ३ जना फरार भएका थिए । रामहरि हत्यामा बटाला आफैको मूख्य भूमिका नदेखिए पनि संलग्न रहेको ठहर गदै उसलाई ३ बर्ष कैद सजाय चितवन जिल्ला अदालतले गरेको थियो ।
प्रहरीले भने बटालाले नै हत्या गरेको भनि सर्वश्व सहित जन्म कैदको माग गरि मुद्दा दयार गरेको थियो भने फरार घटनाका मुख्य अभियुत्त गंगाराम थापा, काली बहादुर खाम विविध र केशव अधिकारी भने अझै फरार छन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १५ गते आममाफी सहित ढुंगेल छुटे ।

पत्रकार सालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख छ । यसरी भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरीले तीनै जना पक्राउ ग¥यो । पुडासैनीले साउन २० मा चितवनस्थित कंगारू होटलमा आत्महत्या गरेका थिए। त्यसपछि चितवन प्रहरी हत्याको अनुसन्धान अघि बढाएको थियो। पुडासैनी कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुअघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएको देखिन्छ । करिब १० मिनेटभन्दा बढी भिडियोमा मर्नु पर्नाको कारण उनले स्पष्ट पारेका छन् । उनले भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेको देखिन्छ । पुडासैनी आत्माहत्या प्रकरण उग्ररुप लिएको छ ।

माथी उल्लेखीत घट्नाको बिवरण पेश गर्नुको मुख्य कारण यो होकी विभेद कसरी हुन्छ ? एउटा चौधरी जेलमा सडिरहनु तर त्यहि प्रकृतिको अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैद सुनाएको ढुंगेल आममाफी पाउने । रामहरि श्रेष्ठलाई मार्ने फरार हुने नभेटीने । चौधरीको छोरालाई १४ किलोको नेल । बाहुनको छोरोलाई १४ किलोको फुलमाला । श्रेष्ठलाई मार्नेलाई सजाय कता हो कता उल्टै फरार भनि ढाकछोप गरि मुद्दा ढिसमिस । यता पुडासैनी प्रकरण र आरोपित लामीछानेको घट्ना हेर्दा कुनै चलचित्रको कथा झै लाग्छ । हत्या आरोपीत लामीछानेको समर्थकहरु बुरुक बुरुक उफार्दैछन । घट्नाको अनुसन्धान समेत गर्न नदिएर सत्य तथ्य बाहिर ल्याउन नदिएर सर्मथकले यो सुद्ध कन्य केटो हो भनेझै गल्ती नगर्ने भगवान बनाइरहेका छन् । अर्कोकुरा एउटा पुडासैनीको पनि मिडियाले खुवै हंगामा ल्याएका छन् । उता वलत्कारमा परेकी निर्मला पन्तको बारे सडक ततिन्छ । सबै मिडिया लागेर मुद्दा व्युताउछन् तर त्यस्तै वलत्कारमा पर्ने कयौं मूलबासी मंगोल दलित भनिएकाको कुनै चासो हुँदैन ।

कानुन नै विभेदकारी छ । सर्वोच्चको फैसला अवज्ञा गर्दै मन्त्रिपरिषदले ढुंगेल मार्काकाहरुको पक्षमा निर्णय गरिरहदा सर्वोच्च अदालत र त्यहाँका न्यायमुर्तीहरु मुर्ती झै चुप वस्छन् । चौधरीको पक्षमा न त मन्त्रीपरिषदको बोल्ने हिम्मत न त सर्वोच्च अदालतले न्याय गर्न सक्छ । एउटा रविलामिछाने पक्राउ पर्दा मिडिया, व्यापारी, राजावादी, भ्रष्ट दलाली, भारतका हिन्दु एजेन्ट सबै एकैस्वरमा कराउछन । विचरा चौधरीहरु १४ किलोको नेल सहित जेलमा सडिन्छन् । श्रेष्ठ मार्काकाहरु नालिको किरा सावित हुन्छन, हत्याराहरु हिरा सावित । लामिछाने पुडासैनी, पन्त, ढुंगेल, भट्टराई, प्रसाईको हाईहाई भुमिपुत्र मूलबासीहरु सबैलाई बाइबाई गर्ने वर्णभेदी नीति कानुन नेपालमा छँदैछ ।

लेख सान्दर्भिक लागे शेयर गरिदिनु होला
जय मंगोल