पुर्व पश्चिम राजमार्ग नवलपरासीको अरुणखोलमा यात्रुहरु घण्टौ जाममा - MONGOL KHABAR

Breaking

पुर्व पश्चिम राजमार्ग नवलपरासीको अरुणखोलमा यात्रुहरु घण्टौ जाममा

कावासोती । श्रावण ३०, पुर्व पश्चिम राजमार्ग अन्तर्गतको अरुणखोलाको पुल भाचिए पछि यात्रुहरुलाइ सास्ती भएको छ । वुधवार विहान ट्रकको ठक्कर वाट अरुणखोला पुल भाचिए पछि अहिले पुर्व पश्चिम राजमार्गमा यातायात सेवा प्रभावित वनेको हो । वुधवार विहान देखि वैकल्पीक मार्गवाट सवारी साधनहरुलाइ आवत जावत गराइए पनि खोलाको बाटो पार गर्न निकै कठिन हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् ।
अहिले पनि अरुणखोला क्षेत्रमा पुर्व र पश्चिम तर्फ करिव ५/५ कलिोमिटर सवारी साधनको जाम लागेको छ । अहिले एक वटा गाडि पास हुन कम्तिमा पनि तिन घण्टा लागेको सवारी चालकहरुले वताएका छन् । अरुणखोला बाट ड्राइभर्सन वनाइ यातायात सुचारु गरीए पनि निकै कम मात्रामा गाडिहरु पास भएकाले अहिले पनि सयौ सवारी साधन राजमार्गमा अलपत्र परेका छन् । यात्रुहरु चार पाच किलोमिटर पैदल हिडेर सवारी साधन परवर्तन गरि आफ्नो गन्तव्य तर्फ जान वाध्य भएका छन् ।

ट्रकले भाँचेको अरुणखोला पुल मर्मत गर्न समय लाग्ने भएको छ । तत्काल पुल मर्मत गरेर सञ्चालनमा ल्याउन ढिलाई हुने भएपछि पुल नजिक खोलामा नदीजन्य पदार्थ लोड गर्न जाने ट्याक्टर हिँड्ने बाटोलाई वैकल्पीक रुपमा प्रयोग गरिएको हो । वैकल्पिक बाटो बाहेक अर्को  स्थानमा पनि डाइभर्सन गरेर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ ।  डाइभर्सन बाटो तयार भएपछि दोहोरो सवारीसाधन सञ्चालनमा आउन सक्ने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले रेडिया मध्यविन्दुलाइ जानकारी दिनु भयो । निरन्तर पानी परेमा वैकल्पिक बाटो र निर्माण गरिन लागेको डाइभर्सनबाट पनि सवारीसाधन सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ ।

ट्रकको ठक्करले पुलको ‘भल्टिकल मेम्बर’ भाँचिएको छ। जसका कारण पुलको एक भाग धस्सिएकाले सवारी साधन आवतजावत बन्द गर्नु परेको इन्जिनियर सुवेदीले बताउनु भयो । ‘पुलको कुनै एउटा ‘भल्टिकल मेम्बर’ भाँचिएपछि अरु मेम्बर पनि क्रमशः भाँचिने सम्भावना रहने उहाले वताउनु भयो । भाँचिएको भाग नफेरेसम्म पुल सञ्चालनमा आउन नसक्ने सुवेदीले वताउनु भयो । पुलको अवस्था बुझेर मर्मत कार्यअघि बढाउन विभागबाट माथिल्ला प्राविधिक आउन लागेको उनले जानकारी दिनु भयो ।