ब्लड क्यान्सर संग लडिरहेकी अनिशालाई संघीय युवा अध्यक्ष अमित याख्खाले सहयोग हस्तान्तरण गरे । - MONGOL KHABAR

Breaking

ब्लड क्यान्सर संग लडिरहेकी अनिशालाई संघीय युवा अध्यक्ष अमित याख्खाले सहयोग हस्तान्तरण गरे ।


काठमाण्डौ, साउन २१ / ब्लड क्यान्सरको उपचार गराइरहेकी  सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामालाई रु ३०,१०० सहयोग प्राप्त भएको छ ।
संघीय मंगोल युवा संयोजक अमित याख्खाको पहलमा उठेको उक्त रकम सिभिल हस्पिटलमा पुगेर हिजो(सोम्बार) सहयोग हस्तान्तरण गर्नु भएको छ ।
अभियानै चलाउन नसके पनि देश बिदेशका मूलबासी मंगोलहरुलाई आव्हान गर्दा उठेको थोपा थोपा सहयोगलाई केही मलमपट्टी हुन्छकी भन्ने आशा हो । याख्खाले सहयोग हस्तान्तरण गर्दै भने, ‘यो सानो सहयोग बैनीको लागि मलमपट्टी बनोस’ ।
सहयोग हस्तान्तरण गर्न जीवन मंगोल प्रदेश ३, युवा संयोजक मन्दिरा मोक्तान, एमएनओ–डा.गोपाल गुरुङ धरान उपमहानगर –१३ अध्यक्ष साहारा राई लगायत हस्पिटन पुग्नु भएको थियो ।

१९ वर्षे अनिशा लामालाई ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विविरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौंको सिविल हस्पिटलमा परिवारले ल्याएका थिए । त्यहाँ चेकजाँच गर्दा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए ।
आर्थिक अवस्था कमजोर र कहिले नसोचेको रोग लागेपछि कसको पो परिवार आश्चर्य पर्दैन् होला । हो तेस्तै भयो अनिशाको परिवारमा पनि जसोतसो जिन्दगी चलिरहेको थियो । अब कसरी उपचार गर्ने होला ? भन्ने चिन्ता बढ्यो ।
बहिनीको उपचारको दौरानमा पहिले नै भएको सबै सम्पत्ति बेचेर उपचार गरेर ठिक पनि भईन तर अनिशाको दुर्भाग्य फेरी २ बर्षपछि उनलाई फेरी ब्लड क्यान्सर भयो । अब कसरी उपचार गर्ने ? त्यसपछि सहयोगको अपिल ग¥यौ, देश बिदेशबाट सहयोग जुटिरहेको छ । त्यसैले उपचार गर्दैर्छौ दाई हेमले भने । अहिले अन्तिम किमो चलाइएको छ, सकिने बित्तिकै बोनम्यारो प्रत्यारोपन गर्नु पर्छ । त्यसको लागि अझै आर्थिक समस्या आउन सक्ने दाई हेमले बताए । बिरामी ४ महिना देखि काठमाडौंको सिविल हस्पिटलमा राखिएको छ ।