✍ सुर्य चौधरी (मंगोल)
पश्चिम कैलाली तिर थारु समुदायले मनाइने गुर्ही पर्वको दिन नाग पञ्चमी पर्दछ। पश्चिममा यो पर्व मनाए पनि पुर्वमा यो पर्व नाग पञ्चमीको प्रभावले मनाइदैन ।
पश्चिमको थारु समुदायले गुर्ही पर्व मनाउदै गर्दै गर्दा त्यै दिन पूर्वको थारु समुदाय ले नाग पञ्चमी मनाउछ । यस कुरा बाट पनि यो महसुस गर्न सकिन्छ कि पश्चिम भन्दा पुर्वमा हिन्दु धर्म ९बाहुन बाद) को प्रभाव थारु समुदायमा छ ।
प्राचीन काल देखि मनाउदै आएको यस पर्व प्रकृति संग सम्बन्धित छ । यसको सुरुवात कहिले देखि भएको हो भनेर चै कुनै जानकरी उपलब्ध भएको छैन ।
यस पर्व पश्चिमी थारु समुदायको पहिलो पर्वको रुपमा नी चिनिने पनि गरिन्छ ।
खेतीपाती सकिए पछि खेतीपातीमा किरा नलागोस भनेर गाउको युवतीहरु गाउँ भन्दा केही पर चोकमा गएर कपडाले बनाएको स ( साना गुर्ही ९ गाइने किरा को प्रतीक ० त्यस चोकमा सेलाउने चलन छ । सेलाएको गुर्ही लाई गाउँको युवाहरुले सजाएर लाएको सोटाले पिट्ने चलन छ ।
यस पर्वलाई स ( साना बालबालिका संग सम्बन्धित पनि मानिन्छ । गुर्ही सेलाउदा बालबालिकाको आखा पाक्ने , ज्वरो आउने , खटिरा आउने , बान्ता हुने , सबै रोगहरु निको हुने पश्चिमी थारु समुदायमा विश्वास रहेको छ ।
यस पर्व लाई सामाजिक सद्भावको रूपमा लिने गरिन्छ साथै यस पर्व मनाउदा गाउ घरमा कुनै किसिमको संकट न आउने विश्वास छ ।
कुनै नाग पञ्चमी होइन त्यस दिन मूलबासी थारु समुदाय को गुर्ही पर्व मनाईन्छ । जस पर्व लाई षडयन्त्र गरी ओझेलमा पार्न नाग पञ्चमी को निमार्ण गरियो ।
यो देशमा खस आर्य ले हामी मूलबासी को हरेक पर्व , संस्कार , संस्कृति , चालचलन आदि सबै लाई षडयन्त्र गरी ओझेलमा पार्न धेरै किसिमको षड्यन्त्र गरी हिन्दु धर्म निमार्ण गरेको हो ।
लेखक एमएनओ–डा.गोपाल गुरुङ इटहरी नगर सचिव हुन ।