संयोजक बिरलाल वालाहाङ राई द्वारा मातहतका निकायलाई २५ औं विश्व मुलबासी दिवस मनाउन सुचना जारी - MONGOL KHABAR

Breaking

संयोजक बिरलाल वालाहाङ राई द्वारा मातहतका निकायलाई २५ औं विश्व मुलबासी दिवस मनाउन सुचना जारी

जगत ठाडा मंगोल
काठमाडौ । श्रावण २२, बिश्वमा हरेक बर्षको August महिनाको 9 तारिख अर्थात श्रावण २४ गते विश्व मुलबासी दिवस मनाइने गर्दछ । त्यसै गरि नेपालमा पनि नेपालका मुलबासी मंगोलहरुले हरेक बर्ष बिश्व मुलबासी दिवस मनाउदै आइरहेको छ ।
बिश्वमा आ-आफ्नो देशको भुमिपुत्र मुलबासीहरुले आफ्नो अस्तित्व र अधिकार प्राप्त गरि सकेको अबस्थामा नेपालमा भने अस्तित्व र अधिकार प्राप्तिको लागि दुर्दर्शी, निर्भिक र निडर मंगोल पिता डा.गोपाल गुरुङको सिद्धान्तलाई मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले नेपालको भुमिपुत्र मुलबासी मंगोलको अस्तित्व र अधिकारको निमित्त देशै भरी मंगोलबादको बारेमा प्रशिक्षण गर्दै संगठन तिब्रगतीमा बिस्तार गरिरहेको छ ।
त्यसैगरी महान मंगोल अभियानमा एक जुट हुँदै देशै भरी संगठन बिस्तारको आह्वान गर्दै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय सभाका संयोजक बिरलाल वालाहाङ राईले एक सुचना जारी गरि २५ औं विश्व मुलबासी दिवस अर्थात August 9th ( Wold indigenous day ) लाई भब्यताको साथ मनाउन मातहतका सम्पुर्ण निकायलाई आ-आफ्नो भेषभुषा, झाकी सहित संस्कृति झल्कने गरि भब्यताको साथ मनाउनको लागि संघिय सभाले सुचना जारी गरेको छ ।