पाल्पाको भौगोलिक बिकटमा रहेको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण - MONGOL KHABAR

Breaking

पाल्पाको भौगोलिक बिकटमा रहेको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

जगत ठाडा मंगोल
पाल्पा । श्रावण ३०, पाल्पाको भौगोलिक बिकटमा रहेको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवाको संग संगै एम्बुलेन्सको अभाबमा दैनिक जीवन यापन गर्न बाध्य स्थानियलाई राहत होस भनी वडा नम्बर २ सालकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो ।
समाजिक बिकास मन्त्रालय प्रदेश नम्बर पाँचको सहयोगमा जिल्ला स्वास्थ कार्यालयको समन्वयमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रदेश सांसद नारायण अचार्य, युबराज खनाल, जिल्ला समन्वय समिती अध्यक्ष दयाराज बस्यालले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई एम्बुलेन्सको साँचो तथा कागजात हस्तान्तरण गरेका हुन । 

उक्त कार्यक्रममा प्रदेश सांसद नारायण अचार्यले निस्दी गाउँपालिका मानव सुचकांकमा पछि पर्नुका साथै विभिन्न अवसरबाट बन्चित रहदै आएकोमा स्वास्थ्य सेवा पहुँचले अगाडि बढ्न सघाउ पुग्ने बताए । अर्का सांसद युबराज खनालले ग्रामिण बस्तीका आधारभुत तहका जनतालाई स्वास्थ्य शिक्षाको क्षेत्रमा पहुँच पुर्याउन सबैको भुमिका रहनुपर्ने बताए । जिल्ला समन्वय समितीका प्रमुख दयाराम बस्यालले जनताको प्रत्यक्ष  सरोकार संग जोडिएको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स सहयोगी हुने बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्सको साँचो तथा काजजात ग्रहण गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले आफुहरुले पाएको उपहारलाई गरिबी जनताको हितमा उपयोग गर्ने बताए ।