हतारहतारमा आमाको बारेमा आँशुका थोपा टपटप टप्किदै केही लेख लेख्न बाध्य भए - MONGOL KHABAR

Breaking

हतारहतारमा आमाको बारेमा आँशुका थोपा टपटप टप्किदै केही लेख लेख्न बाध्य भए

महाराष्ट्र । भदौं १४ शनिबार, मित्रहरू ️फोटो हेरेर मात्रै होइन त्यसभित्रका असाय पीडा बुझ्ने प्रयास गर्नु होला । त्यो फोटोले आफै बोलिरहेको छ नभए तल पढ्न सक्नु हुनेछ
                       👇️
हिजो बाबाको मुख हेर्ने दिनमा आआफ्नो फेशबुकको वालमा बाबाको मुख हेर्ने दिन भनेर तमाम मित्रहरूले ठुलाठुला फोटोहरु राखेर जे जस्तो भएपनि कसैले गजल,मुक्तक,त कसैले बाबाको बारेमा लेख,निबन्ध लेखेर बाबाको मुख हेर्ने दिन लाई बडो आसान तरिकाले ब्यक्त गरे स्वत्त मैले पनि बाबाको ती असाय पिडाको साथमा बाबाको बारेमा छोटो भएपनी एउटा लेख लेखेर.......व्यक्त गरेको थिए।
तरपनी कता कता के भुले भुले जस्तो महसुस हुन थाल्यो अनि रातभर छट्पटीन थाले जब बिहान भालेको पहिलो आवाजले मलाई बिउझाइदियो अनि झटपट उठेर मुख पनि नधोइकन मैले आफ्नो कलम लाई सिधा पार्दै हतारहतारमा आमाको बारेमा आसुका थोपा टपटप टप्किदै केही लेख लेख्न जमर्को गरे।हुन सक्छ यो लेख कसै सँग मेल खाला त्यसमा मेरो जिम्मेवारी..........✍

️कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ। बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु र्झछ। नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन्। त्यो आमाप्रतिको गहिरो प्रेम,स्नेह,ममता भएर नै होला।नत्र किन जीवन साथी बालबच्चा साथमा हुदा पनि आमाको माया यति गाढा हुन्थ्यो किनकि आमाको नाता यति गाढा अनि गहिरो छ जति दुई शब्दमा आमा भनेको जस्तो सजिलो छैन।

साच्चिकै एक विश्वचर्चित व्यक्ति एवं अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा प्रेम र विश्वासको बास्केट हो, एउटा सन्तानको लागि। एउटा भनाइ छ-’प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन।’ आमाबाट हिंसा हुने कुरा कल्पना बाहिर हुन्छ। साँच्चै भन्ने हो भने आमा छोडेर कतै गएमा एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ आज स्वत्त मलाई भएको छ।

आमा संसार हुन। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन। आमा सन्तानको ढुकढुकी हुन। बालबालिकाको आशा र भरोसा हुन। अनि समाजको गहना पनि। आमाबिनाको परिवार खल्लो हुन्छ। आमाको बारेमा शब्द र निबन्धमा भूमिका बाँधेर केही लेखेरमात्र पुग्दैन। यसको जति वर्णय गरेपनी साध्य छैन। आमाबिनाको जीवन पानीबिनाको माछाजस्तै हुन्छ। जहाँ आमा, त्यहाँमात्र राम्रो सपना देख्न सकिन्छ।

आमाबिनाको जीवन हाम्रो लागि मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन्। आमाको बारेमा मातातीर्थ औंसीको दिनमात्र गुणगान गाएर आमाको भलो हुदैन मित्र हो।आमालाई हेला गर्ने सन्तानलाई कुनै न कुनै समयमा नराम्रो आइलाग्न सक्छ।यसको मतलब यो होइन कि आमाले दुवाको ठाउँमा बदुवा दिन्छन,संसारको जुनसुकै ठाउँका आमाले यस्तो संकुचित सोछ राख्दैनन् ।

आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो। जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ। आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ। आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्त्तव्यप्रति कसैको गुनासो रहँदैन। आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन्।

कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हुन। आफ्नो दशधारा दूध पिलाएर नानानाना तातेताते गर्दै हुकाउने पनि आमाले नै हुन। सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा नै हुन।खेत मेला पाखा गर्दै पिठ्युँमा घाँसपातको भारी अनि भारीमाथि नानीबाबु लाई बोकेर घरगोठ गराउने पनि आमा नै हुन्। बालकको चौतर्फी विकासको विषयमा र उज्ज्वल भविस्यको बारेमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्ग पनि आमा नै हुन।

आमालाई जवानीमा त्यति धेरै माया दिने नदिने सन्तानको कुरा हो तर बुद्धअवस्थामा साथ दिनु पर्दछ। जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेरविचार एवं स्याहार सुसार र सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन। भनाइ छ, अरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ। संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवं काखका कोकोहोलो गर्दा हुन्छ। आमाले यस संसारमा जन्म दिनुभएको छ।

त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन। आमा जीवनको ज्योति हुन,मायाको सागर हुन।जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हुन।जसले गर्दा मै हु भन्ने गर्व हामीले गर्दछौ। तसर्थ हिजोका दिनमा स्याहार सुसार गर्दागर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ।

पूर्ण रेखदेख एवं लालनपालन गर्ने काम सन्तानको हो। तसर्थ सबै सन्तानले आफ्ना जीवन दातालाई उच्च सम्मान एवं रेखदेखका साथ पालनपोषण गर्न कम्मर कसेर आजै बाट लाग्नु पर्दछ।भन्ने मेरो मात्रै होइन सबैको भनाइ हो भन्दै म आफ्नो दुई शब्द यहि ओझेलमा पार्दछु ।

.....✍️धन्यवाद, ताजेन्द्र मगर
अन्तमा यो लेख कपि गरेर पोष्ट गरेको छ भने भ्रममा नपर्नु होला ।