जीवन मंगोल
काठमाण्डौ, भदौ १० मंगलबार, मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ प्रवास सभा कतारद्वारा संघीय सभालाई रु ३५ हजार सहयोग प्राप्त भएको छ । प्रवास सभा कतारका कार्यालय सचिव निकेस कुलुङले संघीय कार्यालयमा पुगी मूलसचिव वर्णवास दर्लामीलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।
प्रवास कतारद्वारा २५ हजार र कार्यालय सचीव निकेस कुलुङ्ले ब्यक्तिगत रुपमा १० हजार गरि जम्मा ३५ हजार संघीय कार्यालयलाई हस्तान्तरण गरेको हो । साथै प्रवास सभा कतार कार्यालय सचिव निकेस कुलुङ र सदस्य मन्जु राईलाई संगठनका संघीय मुलसचिव नर ब दर्लामी मगर वर्णवास, संघीय सदस्य जीवन मंगोल, सांकृतिक बिभाग प्रमुख इन्दिरा राई, आर्थिक बिभाग प्रमुख आरेन राई, संघीय सदस्य सेरप तामाङ, ३ नं प्रदेश युवा प्रमुख मन्दिरा मोक्तान लगायतका नेता कार्यकर्ताले खादा लगाएर सम्मान गरेका थिए ।
