२५ औं विश्व मुलबासी दिवस भब्यताको साथ सफल भएको संघिय सभाको दाबी - MONGOL KHABAR

Breaking

२५ औं विश्व मुलबासी दिवस भब्यताको साथ सफल भएको संघिय सभाको दाबी

काठमाण्डौ । श्रावण २६ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले देशै भरी २५ औं विश्व मुलबासी दिवस भब्यताको साथ सफल भएको जानकारी दिएको छ । संघिय सभाले विश्व मुलबासी दिवस मनाउने मातहतको निकायलाई सुचना जारी गरिएको थियो । संघिय सभाको जारी सुचनाको आधारमा विभिन्न जिल्ला र प्रदेशमा २५ औं विश्व मुलबासी दिवस भब्य मनाइएको हो । त्यसै गरि संघिय सभाका संयोजक बिरलाल वालाहाङ द्वारा २५ औं बिश्व मुलबासी दिवसको शुभकामना समेत ब्यक्त गरेको थियो ।
कार्यक्रम एक नम्बर प्रदेशको सुनसरी धरान, तीन नम्बर प्रदेशको चितवन, पाँच नम्बर प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र संघिय सभाको कार्यालयमा बिशेष रुपमा मनाइएको थियो ।

त्यसै गरि प्रत्येक जिल्लामा पनि साना साना कार्यक्रम गरि २५ औ बिश्व मुलवासी दिवस सफल भएको छ, र पाल्पा, दाङ, नवलपुर,संखुवासभा,उदयपुर, झापा, मोरङ र दोलखा जिल्लामा समेत कार्यक्रम गरि २५ औं विश्व मुलबासी दिवस मनाएको जानकारी संघिय सभाका संचार बिभाग प्रमुख जीवन मंगोलले मंगोल खबर अनलाईन खबरलाई बताउनु भएको छ ।