पाँच नम्बर प्रदेशको बुटवलमा २५ औं विश्व मुलबासी दिवस मनायो - MONGOL KHABAR

Breaking

पाँच नम्बर प्रदेशको बुटवलमा २५ औं विश्व मुलबासी दिवस मनायो

रुपन्देही । श्रावण २४ शुक्रबार, २५ औं विश्व मुलबासी दिवस बिश्वभर सफलताको साथ मनाइयो । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा भब्य मनाइयो ।
कार्यक्रममा आ-आफ्नो मौलिक सस्कृती भेषभुषा सहित २४ अथबा August 9, २५ औँ विश्व मुलबासी दिवस भब्य मनाऔं । बिश्वको मुलबासी मंगोल एक हौँ । मुलबासीहरु दयामा होइन, अधिकारमा बाँचौँ । संविधान पुनर्लेखन गर । संबिधानमा मुलबासी मंगोल लेख । विश्व मुलबासी दिवसलाई आदिबासी जनजाती दिवस भन्न पाइन्दैन । आदिवासी जनजाती भन्ने अन्तर्राष्ट्रिय ठग जमात हो । मुलबासीलाई आदिवासी जनजाति भन्न पाइन्दैन । MNO.डा.गोपाल गुरुङ जिन्दाबाद । डा.गोपाल गुरुङ अमर रहुन । हत्या हिंसा बन्द गर । विश्व मानव अधिकार लागू गर जस्ता लेखिएको प्ले कार्ड सहित बुटवल उपमहानगरपालिकाको योगिकुटीमा र्याली सहित मनाएको थियो ।

कार्यक्रममा संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर एकका संयोजक शक्ति चाम्लिङ राई बिशेष अतिथी, संघिय सभाका प्रबक्ता तथा बिदेश बिभाग प्रमुख तुलवीर दर्लामी मगर, संघिय सभाका केन्द्रिय सदस्य जगत ठाडा मंगोल, कृष्ण दर्लामी मगर, नवलपुर जिल्ला सभाका संयोजक चित्र थापा मगर, नवलपुर जिल्ला सभाका सचिब सरोज पुन मगर,युबा सभा पाल्पाका अध्यक्ष बिमल राना मगर,युबा सभा रुपन्देहीका संयोजक अरबिन थापा मगर र नवलपुर जिल्ला र पाल्पा जिल्लाबाट समेत सहभागी रहेको थियो ।

कार्यक्रम निर्धारित समय भन्दा ढिला भए पनि भब्य सफल भएको रुपन्देही जिल्ला सभाका संयोजक भिम मंगोलले मंगोल खबरलाई जानकारी दिएको हो ।
तस्बिर -: