काठमाडौ । श्रावण १९, आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका भातृसंगठन संघीय मंगोल युबा सभाको प्रशिक्षण कार्यक्रम हिजो शनिबार काठमाडौमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथितिले युवाहरु के हो ? र यूवाहरुको संगठन प्रति कस्तो भूमिका रहनछ त भन्ने कुरालाइ प्रष्ट पार्दै संसार भरीका मंगोल युबाहरुलाई महान मंगोल राष्ट्रबादको अभियानमा जुट्न आह्वान गर्नुभएको थियो । बिशेष अथिति रहनुभएका शक्ति चाम्लिङ्ग राइले मूलवासी मंगोलहरुको उत्पति देखि आर्यनहरु यो देशमा कहाँबाट कहिले र कसरी भित्रिए अनि कसरी शासक हुन पुग्यो । मुलबासीहरु उनिहरुबाट जुन समयमा नेपाल प्रबेश गर्यो । त्यही दिनबाट हेप्नु देखि थिचोमिचो र राज्यसत्ताबाट बन्चित हुन परेको बताउनु भएको थियो । यो संगठन एउटा यस्तो संगठन हो जुन संगठनले आफ्नो अस्तित्त्वको लडाई लड्ने र मंगोल मुक्ती र मंगोल राष्ट्रावाद स्थापित गर्ने बताउदै प्रशिक्षण समेत दिनुभएको थियो ।
कार्यक्रममा सभा अध्यक्ष संघिय मंगोल युबा सभाका संयोजक अमित याक्खा राईले मंगोल राष्ट्रबाद स्थापित गर्नको लागि मंगोल युबाहरुको भुमिका अति आबश्यक्ता रहेको भन्दै देशै भरीका मंगोल युबाहरुलाई एक हुन आह्वान गर्नु भएको थियो ।पत्रकार नबिन याक्खा,अन्तरास्ट्रिय सितोरियो खेलाडी तथा प्रशिक्षक रकक्षा कुमार राइ उहालाई युवा संगठनले सम्मान पनि गरेका थिए ,तिमीले साथ छोडिदिदा मेरो के हाल भयो गित गाउदै अन्तरास्ट्रिय गायक वितेन लेप्चाले आफ्नो उपस्थिति जनाए भने सस्कृति बिभाग प्रमुख इन्दिरा राइले पनि मंगोल गित गाउनु भयो भने प्रकास राइले कबिता वाचन गर्नु भएको थियो प्रकास राइ सोलुखुम्बु जिल्ला अध्यक्षा हुन् भने उहाले आइलेण्ड विकस हिमालको टाकुरामा MNO DGG को झण्डा र अदेखा सच्चाई किताब समेत फर्फराई सकेका छन् ।
कार्यक्रममा देशैभरीका मंगोल युबा सभाको उपस्थिती रहेको थियो । प्रमुख अथिति संघिय सभाका मुलसचिब बर्णबास दर्लामी मगर, बिशेष अथिति संघिय सभाका अनुशासन भिभाग प्रमुख तथा १ नम्बर प्रदेश सभाका शक्ति चाम्लिङ्ग राई रहनु भेको थियो भने कार्यक्रम साहारा कुलुङ राईको संचालनमा संघिय मंगोल युबा सभाका संयोजक अमित याक्खाको सभा अध्यक्षमा काठमाडौ सुकेधारा स्थित होटेल डाँफेको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रमका झलक तस्बिरमा -: