निर्बाचनमा खस आर्य र आदिबासी स्विकार्ने, जनताको अगाडि मुलबासी दिवस मनाउन MNO बुद्धलाल मेचेलाई लाज लाग्नु पर्ने थियो - बर्णबास - MONGOL KHABAR

Breaking

निर्बाचनमा खस आर्य र आदिबासी स्विकार्ने, जनताको अगाडि मुलबासी दिवस मनाउन MNO बुद्धलाल मेचेलाई लाज लाग्नु पर्ने थियो - बर्णबास

काठमाडौ । श्रावण, एउटा संसारमै चर्चित भनाई छ धेरै मान्छेलाई केहि दिन ढाँट्न सकिन्छ तर धेरै समय ढाँट्न सक्दैन । MNO बुद्धलाल पक्षलाई त्यस्तै भएको टिप्पणी गरेको छ । एक कुरा ढाँट्नलाई सय झुट बोल्न पर्छ भन्ने यस्तै गल्तिले अर्को कुरा गल्ती बोल्दा कार्यकर्ताहरु संगठन छोडिरहेका छन । संगठन भित्रै बिरोध गरिरहेका छन ।
बुद्धलाल पक्षका केहि संघीय सदस्य लगायत अन्य नेताकार्यकर्ता खस आर्य र जनजाति आदिवासी स्विकारेको बारेमा बिरोध गर्दा कोहि निलम्बन त कोहि कार्बाही परेका छन । तर यो तानाशाही प्रकारको व्यबहार एउटा लोकतन्त्र वकालत गर्ने संगठनमा कतिको जायज होला त्यो त उनीहरुले बिचार गर्नु पर्ने बिषय हो ।

खास त अझ लाजमर्दो कुरा के छ भने बाहुनक्षेत्रीको अगाडि निर्वाचन प्राणालीमा जनजाति आदिवासी स्विकार गरेर आफ्नो नेता कार्यकर्तालाई हामिले संबिधानमा मुलबासी नलेखे सम्म आदिवासी जनजाति नै हौ भन्दै शिक्षा प्रदान गर्दै हिड्नेहरुले २५ औ बिश्व मुलबासी दिवस मनाएका छन । जुन लज्जास्पद  हो । आज डा.गोपाल गुरुङको सपना बिपरित संगठन चलाइरहेका छन जसले गर्दा उहाँको सपना पुरा हुने भन्दा समस्या बल्झिन तिर लागेको प्रष्ट छ ।