निर्बाचनमा आदिवासी / जनजाति, दलित स्विकार्ने जनताको अगाडि मुलबासी मंगोल भन्दै मुलबासी दिवस मनाउन mno बुद्धलाल पक्षलाई लाज मान्नु पर्ने थियो - MONGOL KHABAR

Breaking

निर्बाचनमा आदिवासी / जनजाति, दलित स्विकार्ने जनताको अगाडि मुलबासी मंगोल भन्दै मुलबासी दिवस मनाउन mno बुद्धलाल पक्षलाई लाज मान्नु पर्ने थियो

काठमाडौ । श्रावण ३० बिहिवार, एउटा संसारमै चर्चित भनाई छ धेरै मान्छेलाई केहि दिन ढाँट्न सकिन्छ तर धेरै समय ढाँट्न सकिदैन आज MNO बुद्धलाल पक्षलाई त्यस्तै भएको छ । एउटा कुरा ढाँट्नलाई अर्को कुरा गल्ती बोल्दा कार्यकर्ताहरु संगठन छोडिरहेका छन त कसैले संगठन भित्रै बिरोध गरिरहेका छन ।
बुद्धलाल पक्षका केहि संघीय सदस्य लगायत अन्य नेताकार्यकर्ता खस आर्य र जनजाति / आदिवासी र दलित मात्र होइन मगर समुदायकाई खस आर्य सम्म बनाई निर्बाचनमा स्विकारेको बारेमा बिरोध गर्दा कोहि निलम्बन त कोहि कार्बाही परेका छन । तर यो तानाशाही प्रकारको व्यबहार एउटा लोकतन्त्र वकालत गर्ने संगठनमा कत्तिको जायज होला त्यो त उनीहरुले बिचार गर्नुपर्ने बिषय हो । खास त अझ लाजमर्दो कुरा के छ भने बाहुनक्षेत्रीको अगाडि निर्वाचन प्रणालीमा जनजाति आदिवासी स्युकार गरेर आफ्नो नेता कार्यकर्तालाई हामिले संबिधानमा मुलबासी नलेखे सम्म आदिवासी जनजाति नै हौ भन्दै शिक्षा प्रदान गर्दै हिड्नेहरु २५ औ बिश्व मुलबासी दिवस मनाएका छन जो लजात्मक कुरा हो । आज डा.गोपाल गुरुङको सपना बिपरित संगठन चलाइरहेका छन जस्ले गर्दा उहाँको सपना पुरा हुनेभन्दा समस्या बल्झिन तिर लागेको छ ।

बुद्धलाल पक्ष MNO भने दुइ जिब्रे भएको छ उता बाहुन सरकारलाई खुसी पार्न हामी आदिवासी हौ भनेका छन भने यता जनतलाई खुसी पार्न हामी मुलबासी पनि हौ भनेका छन तर स्पष्ट लडाइँ लडने आँट गरेको छैन । उनीहरुले यस्तै दुइ जिब्रे बोलिले गर्दा आज संगठन छोड्ने नेताकार्यकर्ताको लस्को नै लागेको छ । स्पस्ट बिचार बोकेर अगाडी बढेको संगठन भनेको मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ हो जस्ले पछिल्लो समयमा जनतामाझ ठुलो बिश्वास जित्न सफल पनि भएको छ । 30 औ स्थापना दिवस मनाइसकेको मंगोल नेशनल अर्गनाइजेशन र स्थापना भएको 2 बर्ष नपुगेको संगठन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको जनमास बराबर देखिनुले पनि प्रष्ट के पार्छ भने मुलबासी मंगोलहरुको रोजाईमा खस आर्य समाबेस नगर्ने संगठन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ परेको छ ।

खासमा MNO बुद्धलाल पक्षले बाहुन सरकार र  निर्वाचनमा जनजाति आदिबासी स्विकार गरिसकेको कारण 25 औ बिश्व आदिबासी दिवस मनाएको भए पनि केहि फरक पर्ने थिएन तर बाहिरी रुपामा भए पनि जनतालाई देखावटी गर्नलाई मुलबासी दिवस मनाएका हो । उता संगठन भितैका नेताकार्यकर्तामा फरक मत आइसकेको छ हामी आदिवासी वा मुलबासी के हो ? हिजो स्पस्ट रुपमा डा.गोपाल गुरुङले हामी मुलबासी भन्दै अगाडि बढाउनु भएको थियो र उहाले जनजाति बनाउने र भनाउने नेताकार्यकर्ता र संघ सस्था समेत कार्बाही गर्ने भन्नुभएको थियो तर आज MNO बुद्ध लाल पक्षको टिम स्वम जनजाति आदिवासी नै हामी हौ भन्दै निर्बाचनमा स्वयम भाग लिएको छ यो कुरा सबैले एक दिन मनन गर्नेछन ।  2074 को चुनाव अगाडि सम्म मंगोल नेशनल अर्गनाइजेशन बुद्धलाल पक्ष मुलबासीको आवाज थियो तर आज प्रत्यक्ष जनजाति आदिवासी स्विकार गर्ने जनजाति आदिवासी महासघ र घुमाउरो पारामा जनजाति आदिवासी स्विकार गर्ने MNO बुद्धलाल पक्षमा के फरक छ ? हिजो जनजाति आदिवासीको नेता आङ्काजी शेर्पालगायतलाई गाली गर्नेले आज MNO ले बाहुन सरकारको निर्वाचन आयोगमा जनजाति आदिवासी भनेर भन्न लगाउदा र लेखाउदा गाली गर्ने कि नगर्ने ? जब सम्म गलतलाई गलत सहिलाई सहि भन्दैनौ तब सम्म हामी लक्ष्य प्राप्त गर्न सक्दैनौ ।

हामिले गलत कुरा गर्ने लाई निरुत्साहित गर्नुपर्नेमा झन प्रोत्साहन गरिरहेका हुनेछौ । हिजो महामानव डा.गोपाल गुरुङ ज्युंले जनजाति आदिवासी र उसको नेताकार्यकर्ताको बिरोध नगरी दिएको भए के हुने थियो ? त्यसले खराब कुराको बिरोध गरौ प्रोत्साहन हैन नत्र एक दिन पश्चात् गर्ने भन्दा अरु हातमा केहि पर्ने वाला छैन । हामी यो देशको मालिक मंगोल हौ मुलबासी हौ भन्न गर्ब गरौ आदिबसी जनजाति होइन ।
धन्यवाद
-नर ब दर्लामी मगर (बर्नबास)