MNO का प्रेसिडेण्ट बुद्धलाल मेचे लगायत अग्रज नेतागणलाई प्रबासबाट प्रश्नै प्रश्न, जबाफ देउ बुद्ध धर्म कि दर्शन ? भ्रमको राजनीति नगर्न चेतावनी - MONGOL KHABAR

Breaking

MNO का प्रेसिडेण्ट बुद्धलाल मेचे लगायत अग्रज नेतागणलाई प्रबासबाट प्रश्नै प्रश्न, जबाफ देउ बुद्ध धर्म कि दर्शन ? भ्रमको राजनीति नगर्न चेतावनी

मुम्बई । भदौंं  ४ बुधबार, जय मंगोल हे MNO का अग्रज मंगोल योद्धा नेताकार्यकर्ता हो तपाईं एउटा केन्द्र सम्मको हैसियत भएकोले लिडर सीप गर्दै र धर्म निरपेक्षको ओकालत गर्दै दिनरात नभनी कहिले गर्मी कहिले जाडो,कहिले खाना कहिले भोक्कै,कहिले जनताहरुको माझ कहिले एक्लै,कहिले उकालो कहिले ओरालो,कहिले गाडी घोडाको तालमा कहिले खुट्टाको भरमा संघर्ष गर्दै हरेक जिल्ला जिल्लामा गएर मंगोल अस्तित्वको लागि मंगोल जनताहरुलाई सम्झाउदै बुझाउदै बिउझाउदै  हुनुहुन्छ,यसमा कहि कतैबाट हामीले MNO र तपाईं जस्ता अग्रज योद्धाहरु लाई दोष दिएका छैनौ ।
समस्या कहाँ निर छ यो सबैलाई थाहा भएकै कुरा हो।समस्याको समाधान गर्नुको साटो झनझन समस्या बल्झिदै गइरहेको छ । यद्यपि यस्तै हो भने मंगोल एकता बनाएर तपाईंहरु अर्थात MNO केहि समयको लागि सत्तामा त जाला तर बारम्बार जाने छैन।
त्यसैकारण MNO का अग्रज योद्धाहरु केही समय र केही बुद्धिष्ट धर्मवलम्बी मंगोल जनताहरु कै मात्रै ख्याल गरी ८०% अहिन्दु मंगोल जनताहरुको अस्तित्व कसरी कायम गर्न सकिन्छ ? त्यसतर्फ ध्यानाकर्षण होस तपाईंहरुको । फेरि तपाईंहरु र तपाईंका नेताकार्यकर्ता र मामुली MNO का सदस्यहरुको भनाइ लाई मैले बुझे अनुसार र खण्डन गरे ।वहाँहरुको भनाइ के छ भने MNO सत्तामा आए पछि मंगोल रराष्ट्र नजिक बुद्ध राष्ट्र बनाउछ रे । के यहि हो धर्म निरपेक्ष ? के ८०% अहिन्दु मंगोल समुदायमा बुद्धिष्ट धर्मलम्बिहरु मात्रै पर्दछन ? के बाकी मंगोल समुदायहरु जस्तै: हिन्दु ,जैन,मुस्लिम,कृश्चियन विभिन्न धर्म सँग आस्था राख्ने मंगोल को हुन ? के यति ठूलो सपना देखेको MNO ले तामाङ समुदाय,लामा समुदाय जो बुद्ध नजिकै छन तिनीहरुलाई मात्रै लिएर मंगोल राष्ट्र बनाउन सक्छ ? आज बुद्धको बारेमा असमर्थन जनाउदा हामीले केही MNO का डाक्टर गोपाल गुरुङ ज्युको के किताब पढे भनेर आफुले आफैलाई MNO को महान नेताकार्यकर्ता सम्झिने भनाउदाहरुले हामीलाई (पाँच पाण्डु,गाण्डु बाहुन पार्टीको झोले ) जस्ता विभिन्न जातजातिको लान्छना लगाउदै आएका छन।

मेरो प्रश्न छ ती पाजिहरुलाई ( पाँच पान्डु,गान्डु,खस आर्यका झोले ) यी यस्ता विभिन्न नामको बिल्ला हामीलाई भिराइ दिनेहरुलाई के जो पाँच पान्डु भन्दै हुनुहुन्छ नि तिमिहरुले ती तपाईं हाम्रै मंगोल सन्तानका दाजुभाइ दिदिबहिनी नभएर को हुन ? यो लोकतन्त्रमा आफुलाई मन नलागेका कुराहरू भन्न र सोध्न अनि बिरोध गर्न पाइने कि नपाइने ? हामीले बिरोध होइन असमर्थन जनाएको डाक्टर गोपाल गुरुङ ज्युले स्वच्छ र निस्वार्थ भावना भएको र धर्म निरपेक्षको ओकलत गर्दै जन्माउनु भएको MNO को होइन र बुद्ध धर्म को पनि ।

हामीले त धर्म निरपेक्ष देशमा र ८०% अहिन्दु मुलबासी मंगोल भनिरहदा त्यो धर्म निरपेक्षको ओकालत गर्दै र ८०% अहिन्दु मुलबासीहरुलाई जगाउनको हेतु मंगोल राष्ट्र बनाउने यति ठूलो सपना देखेको एउटा ( mangol nationalty political party ) लाई कुनै पनि धर्ममा लिप्त बनाइ धर्म होइन दर्शन हो भनेर MNO को प्रचारप्रसार क्रममा बुद्ध धर्म होइन दर्शन हो भन्दै झुटको प्रचारप्रसार धेरै गरेको कारण यसको हामीले असमर्थन जनाएको हो । यसलाई MNO को बिरोध गरेको हो भनेर भन्न मिल्दैन । जसले बिरोध हो भन्ने गरेको छ भने त्यो उसको अधिकार भित्रको कुरा हो । भनिरहोस हामिले भन्नू केही छैन ।

धर्म निरपेक्ष भनेको के हो ? ८०% अहिन्दु मंगोल समुदाय भित्र कुन कुन समुदाय अर्थात जातजाति पर्दछन ?भार्तुत्व,समानन्तर,मानव अधिकार,लोकतन्त्र भनेको के हो?यद्यपि बुद्ध धर्म होइन दर्शन हो भन्ने के प्रमाण छ ? त्यो प्रमाण अन्तर्राष्ट्रिय अदालतमा लगेर किटानी गर्न सक्छ MNO ले बुद्ध धर्म होईन दर्शन हो भनेर ? होईन भने संसारले मान्दै आएको बुद्ध धर्म लाई दर्शन हो भनेर भ्रम नफैलाउनुस । सक्नु हुन्छ भने सिधै भन्नुस कि MNO ले धर्म निरपेक्ष लाई ओकालत नगर्दै बुद्ध धर्म अथवा दर्शन सँग लिप्त भएको छ । हे MNO का योद्धा अग्रजहरु म स्वयं बुद्ध धर्म अथवा दर्शनलाई मान्नेमा पर्दछु भने म त खुशी हुनु पर्ने हो किन निराशा छु ? किनकि ८०% अहिन्दु मंगोलमा म मात्रै बुद्ध धर्म अथवा दर्शन सँग आस्था राख्ने पर्दैन । त्यहाँ विभिन्न धर्म संस्कार संस्कृति सँग आस्था राख्ने पर्दछन । तर म एक्लै खुशी कसरी हुने ?
जय मंगोल

....✍️ ताजेन्द्र मगर
बर्दिया :- नेपाल ।
हाल :- भारतको (मुम्बई)