झापा जिल्लामा MNO.डा.गोपाल गुरुङ संगठनद्वारा मंगोलबाद प्रशिक्षण जिल्ला तदर्थ सभा गठन - MONGOL KHABAR

Breaking

झापा जिल्लामा MNO.डा.गोपाल गुरुङ संगठनद्वारा मंगोलबाद प्रशिक्षण जिल्ला तदर्थ सभा गठन

झापा । भदौं १४ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले झापामा एक दिने मंगोलवाद प्रशिक्षण तथा संगठन बिस्तार गरेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा संघिय संयोजक बिरलाल वालाहाङ राईले मंगोलहरु दयामा होइन अधिकारमा बाँच्नु पर्ने बताउनुभयो । बाहुन शासकले मुलबासी मंगोललाई अधिकार नदिए खोसेर मंगोल अस्तित्व र अधिकार लिने र लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकार संगठनको मुल मुद्दा रहेकोले लोकतन्त्रलाई आत्मा साथ गर्दै अगामी दिन संगठनलाई अगाडि बढाई मंगोल राष्ट्रबाद स्थापना गर्न नेपालका मुलबासी मंगोलहरु एक हुनु पर्ने आह्वान समेत गर्नुभयो ।

अर्का विशेष अतिथि अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ संयोजक शक्ति चाम्लिङ राईले मंगोलवाद बारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक राईले मुलबासी मंगोल अस्तित्व र अधिकारको लागि युग पुरुष डा.गोपाल गुरुङ ज्युले प्रतिपादन गर्नुभएको मंगोल दर्शनलाई आत्मा साथ गर्दै एकले बुझ्ने र बुझाउने गरि मंगोल दर्शनलाई ८०% अहिन्दु मुलबासी मंगोल सम्म पुर्याउन पछि पर्न नहुने बताउनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रममा मंगोल युबा सभाका संयोजक अमित याक्खा, संघिय सभा सहसचिव मोहन शेरेङ, सुनसरी जिल्ला अध्यक्ष काजीराम राई, सुनसरी नारी सभा अध्यक्ष अमृता राई, धर्मशिला देवन र कमला राई लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । प्रशिक्षण पश्चात् झापा जिल्ला तदर्थ सभा बिस्तार गरेको छ । सुर्य आङ्देन्बेको संयोजकमा ३१ जना जिल्ला तदर्थ सभा गठन गरेको छ । कार्यक्रम बुद्ध शान्ती गाउँपालिका बुधबारे झापा स्थित तामाङ होटेलको सभाहलमा संघिय सभा सदस्य नरेन्द्र थुलुङ राईको संचालनमा भएको थियो ।
तस्बिर :-