प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना - MONGOL KHABAR

Breaking

प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना

महाराष्ट्र । भदौं २२ आइतबार, खै कहाँबाट सुरु गरौ मेरो भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै यसैलाई नै जिन्दगी भन्दोरहेछन। दिन पछि रात, हाँसो पछि आँसु र मिलन पछि विछोड त संसारको रीत नै रहेछ ।
गतिमा निरन्तर रुपमा चलि नै रहन्छ । मानिसको जिन्दगी भनेको बगेको खोला सरी जस्तै रहेछ जुन फर्केर आउँछ भन्ने कुनै आशा नहुँदो रहेछ । परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जिन्दगी संग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जिन्दगी भनेको रहस्यमय कल्पना हो । अनि जस्तोसुकै चुनौतीमा पनि सामना गर्न सिक्नु पर्दोरहेछ ।
मानिसको सम्झना,यादहरु कहिल्यै मर्दोरहेनछ जतिसुकै बुढो भएपनि र टाढा भएपनि मानिस बिलाएर गए पनि उसको सम्झना मनको एउटा कुनामा सधै मखमली फुल झै फुली रहदोरहेछ कहिल्यै नओइलाउने गरी । बस, सम्झनाको सागरमा डुब्ने रहेछ जिन्दगी ।

जिन्दगी जिउने क्रममा विभिन्न परिस्थिति बाध अड्चन संग संघर्ष गर्दागर्दै कतै भुमरीमा, कुनै दोबाटोमा फस्दापनि कुनै साथीको साथ नपाउँदा मणि विनाको र्सप जस्तै छट्पटिंदो रहेछ यो मन । यो जिन्दगी पनि कस्तो जिन्दगी रहेछ कसैको साथ बिना एक कदम पनि अघि बढाउन नसकिने ?

प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना चैत–वैशाखको हुरीबतास संगसंगै चकनाचुर भएर गयो । हो, गल्ती मेरै थियो, मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनेर जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ ।

मैले ढुँगालाई देउता सम्झी पुज्ने प्रयास गरेँ । माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरेँ । मायाको अर्थ नबुझी वास्ताविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे….गरिरहेँ….।

यो संसारमा साँचो माया पाउनु भनेको मणि फेला पार्नु जस्तै रहेछ । एक हातले ताली बज्दैन ( मैयाँ ) मैले पहिला पनि भनिसकेको छु तिमी लाई र एकोहोरो रोटी पनि पाक्दैन । एकोहोरो प्रेम पनि कहिल्यै सफल हुँदैन भन्छन् । वास्तवमा हो रहेछ एकोहोरो प्रेम सफल हुदोरहेनछ। यसको अन्त्य मात्र…………..र वेदनाको सागरमा डुबेर हुन्छ ।

प्रेममा पीडा हुन्छ, धोका हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरु प्रेमको जालमा फस्दोरहेछन। अखिरमा किन यस्तो हुन्छ ? भन्छन्–प्रायः सबैको जीवनको पहिलो प्रेम सफल हुँदैन ? के प्रेम गर्नु अपराध हो ? पाप हो ? यदि हो भने ठीकै छ सफल जिन्दगीको कामना छ (मैयाँ ) तिमीलाई आफु अधुरो भए पनि………।

वास्तवमा यो संसार निष्ठुरी रहेछ । आफु मात्र रमाईलो मान्छ तर यो कलिलो कोपिलाको कलिलो मनलाई विछोडको काँडाले छियाछिया पारिदिन्छ । आकाशले दिन–रातसंग, चन्द्रमाले शितलतासंग, धर्तीले वनपाखा र सुरिलो सुसाइसंग आनन्दायी क्षण बिताइरहेको हुन्छन् । तर खुसिको पलालाई भने आशुको सागरमा डुबाइदिन्छन् । आखिरमा किन साँचो प्रेमको अन्त्य वियोगान्त हुन्छ ?

यो संसार निष्ठुरी अनि स्वार्थी रहेछ । यो संग लड्न साह्रै गाह्रो हुदोरहेछ जो ब्याक्ती यो संग लड्न सक्दैन ऊ जिउँदो लास भएर बाँच्न वाध्य हुन्छ । जसको अस्तित्व हुँदैन उ यो संसारको खुला आकाशमा विलीन हुन्छ । जसरी धुँवा हावामा विलीन हुन्छ त्यसरी नै ऊ अस्तित्वविहिन भै तड्पी–तड्पी बाच्न विवश हुन्छ ।
अन्तमा:

👉️यो लेखले कसैको जिन्दगीको भोगाईसंग मेल खान सक्ला त्यसको जिम्मेवारी म हुने छैन........✍️

लेखक -: ताजेन्द्र मगर।
हाल -: भारतको (मुम्बई)
नेपाल -: बर्दिया।