बिजुली उद्घाटन कार्यक्रममा काँग्रेसको राजनीति - MONGOL KHABAR

Breaking

बिजुली उद्घाटन कार्यक्रममा काँग्रेसको राजनीति

झबिन्द्र मगर
नवलपुर । २६ बिहिवार, गैंडाकोट नगरपालिका अन्तर्गत भोक्रोफाँटमा बुधबार बिजुलीको उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो । तर कार्यक्रममा मेयर छत्रराज पौडेललाई भने निम्ता थिएन । कारण थियो, वडा नः ३ का वडाध्यक्ष शिवकान्त तिवारीको मेयरसँगको दुष्मनी । उनले यो कार्यक्रममा मेयरलाई नबोलाउन स्थानीय टोल सुधार संस्थालाई उर्दी लगाएका थिए । कांग्रेसबाट निर्वाचित अधिकांश जनप्रतिनिधी, कांग्रेसका नगरका नेता सबैलाई कार्यक्रममा निम्ता थियो तर मेयरलाई थिएन । औपचारीक निम्ता नपाए पनि विद्युत प्राधिकरण गैंडाकोट वितरण केन्द्रका प्रमुख सुजन रिजालसहित मेयर पौडेल भोक्रोफाँट पुगे । त्यहाँ कार्यक्रम सुरु भएको थिएन । प्रमुख अतिथि बनाएर कांग्रेसले प्रदेश सांसद कृष्णचन्द्र नेपालीलाई बोलाएका थिए । उनी आउन ढिला गरे ।
कार्यक्रममा उपस्थित भएका मेयरलाई कुनै वास्ता नगरिएको मेयर पौडेल बताउँछन् । स्थानीयसँग भेटघाट गरेर केही क्षण बसी मेयर पौडेल फर्किए । त्यसपछि त्यहाँ कार्यक्रम शूरु भयो । नाचगान र भोजभतेर, रंगरस । निकै तामझाम । नगरपालिका र विद्युत प्राधिकरणको सहयोगमा भोक्रोफाँटमा विधुतीकरण गरिएको विषयलाई कांग्रेसले राजनीतिकरण गरेको मेयर पौडेलले गुनासो गरे । उनले प्रश्न गर्दै अनलाइनसँग भने, ‘बर्षोदेखि कांग्रेसका नेताले चुनाव जित्दा पनि यहाँका जनतालाई किन अन्धकारमा राखे ? किन पानी खान समेत दिएनन्, भोट चाहिने तर विकास नचाहिने ?’ यो क्षेत्रबाट कांग्रेसका महामन्त्री शंशाक कोइरालाले लगातार तीन पटक निर्वाचन जितिसकेका छन् ।

स्थानीय जनतासँग आफ्नो कुनै गुनासो नभएको भन्दै मेयर पौडेलले आगामी दिनमा यहाँका जनताको विकासका लागि थप काम गर्ने बताए । मेयर पौडेलले भने ‘उनीहरु रक्सी र भोजभतेरमा रमाउँछन् म विकास र जनताको खुसी अनि सम्वृद्धीका लागि रमाउँछु । यो आयोजना नगर को लगानी मा भएको हुनाले प्रदेश सासद्लाई बोलाउनु पर्ने बिषय नै थिएन । ।
यो घटनाले के प्रस्ट्याउछ भने, जनता माथी भ्रम फैलाएर आफ्नो नाम राख्न र प्रभाब जमाउन खोजेको भन्ने बुझिन्छ ।