धरानमा मंगोल मार्ट संचालन, घरायसी सबै सामान एकै ठाउँमा - MONGOL KHABAR

Breaking

धरानमा मंगोल मार्ट संचालन, घरायसी सबै सामान एकै ठाउँमा

मंगोल खबर संबाददाता
धरान । असोज ११ शनिबार, सम्पुर्ण खाद्य सामाग्री तथा पेय पदार्थ एकै ठाउँमा पाइने मंगोल मार्ट धरान ३ स्थित सदन रोडमा बिहिबार उद्घाटन भएकोे छ । मंगोल मार्ट सन्चालक समितीका अध्यक्ष जय वहादुर मगरले रिबन काटेर उद्घाटन गरेेेका थिए । मंगोल मार्ट ३१ लाख चुक्तता पुँजी र १ करोड चालु पुँजीको लगानीमा सुरु गरिएको सचिव लोक तामाङ्ले जानकारी दिइएका छन् ।
कार्यक्रममा वोल्दै अध्यक्ष राइले संघसंस्थाको काम लिएर विभिन्न ठाउँ पुग्दा धेरै ठाउँमा अन्र्तराष्ट्रियका व्यतिहरु आएर लगानी गरि सयौँ बेरोजगार दक्ष जनशक्तिलाई रोजगारी दिइएको देख्यौ, त्यसैले हामीले पनि केहि वेराजगार जनशक्तिलाई रोजगार दिने र राज्यको विकासमा पनि टेवा पु¥याउने उदेश्यले मार्ट खोलिएको वताएका छन् । उनी भन्छन, देशको विकासका लागि सरकारको मुख ताकेर मात्र हुदैन हामीले पनि सहयोग गर्नुपर्छ ।

मार्टको कोषध्यक्ष दिनेश वान्तवा र सदस्यहरुमा नयन्द्र राइ, अमृत मगर, मिलन राइ, मन कुमार राई सहित ७ सदस्यीय संचालन समिति र ३७ जना सेयर सदस्य रहेको जानकारी अध्यक्ष राइले दिएका छन् । औजार  खबरबाट