जीवन मंगोल
काठमाण्डौ, भदौ २८ /
गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड न ३ नरम, बस्ने एकै परिवारका ४ अपांग छन् ।
९ जनाको थामी परिवार, परिवारमा ४ जना अशक्त, सानो काम गर्ने कुरा त परै जाओस हिडन समेत सर्प जस्तै घस्रनु पर्छ ।
४१ बर्षका भुपाल शिह थामी, ३८ बर्षका बल बहादुर थामी, ३१ बर्षकि देबिमाया थामी, र २९ बर्षिय राम बहादुर थामिको न बुबा नै छन् न आफै कमाउन सक्ने स्थिति ।
यीनै ४ अपागं परिवारको लागि कलाकार माया थामी एक अभिवावक बनि उभिएका छन । कलाकार माया थामीको पहलमा हिजो शुक्रबार रक हाउस रेष्टुरेण्ट रातोपुलमा पत्रकार सम्मेलन नै आयोजना गरेर सहयोगको अपित गरे ।
सम्मेलनमा विभिन्न संघ संस्था र देश तथा विदेशबाट गरी जम्मा रकम २ लाख ७६ हजार २ सय १५ रुपैयाँ सहयोग प्राप्त भएको माया थामीले जानकारी दिइन ।
सम्मेलनमा विभिन्न संघ संस्था र देश तथा विदेशबाट गरी जम्मा रकम २ लाख ७६ हजार २ सय १५ रुपैयाँ सहयोग प्राप्त भएको माया थामीले जानकारी दिइन ।
कलाकार समाजसेवीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा देवीमाया थामी परिवारले ३ करोड नेपाली समक्ष सहयोगको अपिल गरेका छन । भिडियो सहित हेर्नुहोस