असोज २३ देखि २७ गते सम्म बुलिङटार गाउँपालिकाको ढाँड्बेसीमा खेलकुद तथा सांस्कृतिक मेला हुने - MONGOL KHABAR

Breaking

असोज २३ देखि २७ गते सम्म बुलिङटार गाउँपालिकाको ढाँड्बेसीमा खेलकुद तथा सांस्कृतिक मेला हुने

मंगोल खबर संबाददाता
झबिन्द्र खण्डलुक मगर 
नवलपुर । असोज, आगमी असोज २३ गते देखि २७ गते सम्म वुलिङटार गाँउपालिका वडा नं १ ढाँडबेसी श्री अरुणोदय युवा क्लवको आयोजनामा बृहत् सास्कृतिक तथा खेलकुद मेला लाग्ने भएको छ । 
कार्यक्रम क्लबको २४ औँ गौरवमय बार्षिक उत्सवको अवसरमा तथा हिन्दुहरुको चाड विजय दशमी २०७६ को पावन अवसर पारी वुलिङटारको बिकास हाम्रो अभियान, संस्कृतिक, कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ मेलाको आयोजना गर्न लागेको क्लवका अध्यक्ष बिनोद कुमार खण्डलुक मगरले मंगोल खबरलाई जाकारी दिनुभएको छ । 
आयोजकले उक्त मेलामा क्लव स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता र स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ सांस्कृतिक कार्यक्रम रहने समेत जानकारी दिएको छ ।