काठमाडौ । असोज ४ शनिबार, मंगोल नेस्गनल अर्गनाइजेशन-डा.गोपाल संघीय सभाको निर्णयमा देश बिदेशमा हिजो असोज ३ गते संबिधान दिवसको दिन मुलबासी मंगोलहरुको हक अधिकार नसमेतिएको भन्दै बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
संगठनका संयोजक बिरलाल वाहाङ राई द्वारा हस्ताक्षर निर्देशन अनुसार देश बिदेशमा संगठनका विभिन्न सभाहरुले संबिधानको बिरोध गरेको हो । संगठनले देशकै राजधानी काठमाडौ लगायत सुर्खेत ,झापा,धरान, बुटवल, दाङ ,नवलपरासी चितवन ,मकवानपुर ,दोलखा ,सोलुखुम्बु ,भोजपुर लगायत प्रवास सभा मलेसिया ,कतार र अन्य प्रवास सभाहरुले पनि सबिधान बिरोध कार्यक्रम गरेका थिए ।
मंगोल नेताहरूले २०७२ असोज ३ गते जारी गरिएको संबिधानले मुलबासी मंगोलहरुको हकहित नसमेतिएको हुदा अब आफ्नो संबिधान आफै लेख्न मुलबासी मंगोलहरुलाई सहयोगको आह्वान समेत गरेका थिए । विभिन्न जिल्लामा शान्तिपूर्ण र्याली सहित कालो पट्टि बाँधेर २०७२ को संभिधानको बिरोध सभा गरेका थिए ।
तस्बिर:-
