विद्यार्थीहरुमा अत्यधिक ज्वरो आइ बिरामी भइ विद्यालय अनुपस्थित हुन थाले पछि पाल्पामा विद्यालय बन्द - MONGOL KHABAR

Breaking

विद्यार्थीहरुमा अत्यधिक ज्वरो आइ बिरामी भइ विद्यालय अनुपस्थित हुन थाले पछि पाल्पामा विद्यालय बन्द

होम राई मग
पाल्पा । असोज ७ मंगलबार , विद्यार्थीहरुमा अत्यधिक ज्वरो आइ बिरामी भइ विद्यालय अनुपस्थित हुन थाले पछि गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले, पाल्पाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले बताउनुभएको छ ।विद्यार्थीहरु दैनिक जासो ५० देखि ६० जनाको बीचमा विद्यालय अनुपस्थित हुन थाले पछि उक्त निर्णय गर्नुपरेको विव्यस अध्यक्ष कृष्ण सोमैले बताउनुभएको छ । ८/९ जना शिक्षकहरु समेत यस रोग बाट प्रभावित हुन थालेको प्रधानाध्यापक अर्यालले जानकारी गराउनुभएको छ ।यसैगरी आजै गोरखनाथ माध्यमिक विद्यालयमा यसै सम्बन्धि स्वास्थ्य शिबिर समेत संचालन गरेको गरेको छ ।आज सन्चालन भएको शिबिरमा ५३ जना गोरखनाथ माविका र १३ जना सिन्दुर आधारभूत विद्यालयका विद्यार्थीहरुले चेक जाँच र औषधि लिएको अर्चले स्वास्थ्य चौकीका अहेव सिकेन्द्र महतोले बताउनुभएको छ ।अचानक ज्वरो आउने,५-७ दिन सम्म लगातार ज्वरो आउने,हात जोर्नी,मांसपेशी दुख्ने र खोकी लाग्ने यसको लक्षण रहेको अहेव महतोले बताइउनुभएको छ । 
साथै उक्त लक्षण देखा परेमा तत्काल स्वास्थ परिक्षण गर्न,उमालेको पानी पिउन र लामखुट्टे बाट बच्न समेत स्वास्थ्य चौकीले अनुरोध गरेको छ । भोलि सिन्दुर आधारभूत विद्यालय निस्दी-६,पाराकुलामा स्वास्थ्य शिबिर र जनचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ।