१० अर्बको लगानीमा फलाम कम्पनी स्थापना - MONGOL KHABAR

Breaking

१० अर्बको लगानीमा फलाम कम्पनी स्थापना

काठमाडौ । असोज ८ बुधबार, सरकारले नवलपरासीको धौवादी फलाम कम्पनी स्थापना गरेको छ । फलाम उत्खनन कार्यका लागि सो कम्पनी स्थापना गरिएको हो ।
सरकारले ४५ प्रतिशत निजि क्षेत्र र ५५ प्रतिशत सरकारको शेयर हुने गरी सो कम्पनी गठन गरेको हो । कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव भदौ ५ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो । सोही अनुरूप कम्पनी गठन गरिएको हो । प्रस्ताव अनुरूप १० अर्बको लगानीमा फलाम कम्पनी सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तव्यमा एक वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेका थिए ।