परिवारजन र शुभचिन्तकलाई हार्दिक कृतज्ञता तथा धन्यवाद - MONGOL KHABAR

Breaking

परिवारजन र शुभचिन्तकलाई हार्दिक कृतज्ञता तथा धन्यवाद

नवलपुर । असोज १३ सोमबार, हिजो आश्विन १२ गते मेरो जन्मदिनको अवसरमा सर्बप्रथम म आफ्ना जन्मदाता आदरणीय बुबाआमाको कृतज्ञतापूर्वक स्मरण गर्दै उहाँहरुबाट मैले प्राप्त गरेका आशिर्वचन र मार्गदर्शनलाई परिपालनमा निरन्तरता दिइरहने प्रण गर्दछु , र अझै अनगिन्ती आशिर्वादको आशा गर्दछु।
जन्मदिनमा मलाई प्रत्यक्ष भेटेर, टेलिफोनद्वारा, इन्बक्स म्यासेज वा इमेल तथा विभिन्न सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना व्यक्त गर्नु हुने सम्पूर्ण शुभेच्छुक,साथीहरु र परिवारजनहरुबाट अगाध स्नेह सहित व्यक्त बधाई तथा शुभकामना प्रति म अत्यन्त आभारी र कृतज्ञ छु । ब्यावहारिक व्यस्तताले सबै साथीहरूलाई बेग्लाबेग्लै धन्यवाद प्रकट गर्न नसकेको अवस्था प्रति यहाँहरुले समझ्दारी लिइदिनु हुनेछ भन्ने मलाई विश्वास छ र यसका लागि क्षमा प्रार्थी छु ।

राजनीतिक जीवनयात्रा र संघर्षशील अभियानमा मेरो सबैभन्दा ठूलो ऊर्जा,प्रेरणा र इच्छाशक्तिको स्रोत भनेकै शुभचिन्तक साथीहरुको आत्मीयता, माया र नैतिक समर्थन नै हो । म यही आत्मियता र नैतिक समर्थनलाई पूँजी र साधनका रुपमा सदुपयोग गर्दै जस्तो सुकै समस्या, चुनौती र अप्ठ्यारोमा पनि सामनाका लागि दृढताका साथ समर्पित रहिरहने हौसला र प्रेरणा प्राप्त गर्दैआएको छु । यसैलाई मैले आफ्नो जीवनको सव भन्दा ठूलो अमूल्य निधि र उपलब्धीको रुपमा लिएको छु ।आगामी दिनमा पनि यहाँहरु सबैबाट निरन्तर स्नेह, सद्भाव, प्रेरणा, सल्लाह, सुझाव र सहयोग पाईरहने अपेक्षा राखेको छु ।यहाँहरुबाट प्राप्त सुझाव तथा विचार मेरो मार्गदर्शनका रुपमा रहिरहनेछन् । म पुनः सम्पूर्ण साथीहरु,परिवारजन र शुभेच्छुकहरु प्रति कृतज्ञताका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछ । अन्तमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष साथ सहयोग गरि दिनु हुने देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण मेरो बुद्धिजीवी शुभचिन्तकहरुमा साथ सहयोग यसरी नै निरन्तर दिईरहनु होला भनी आपेक्ष गर्दछु । जय मंगोल

जगत ठाडा मंगोल
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ
केन्द्रिय सभा,काठमाडौ ।