सभामुख कृष्ण बहादुर महरा माथी महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लाग्यो - MONGOL KHABAR

Breaking

सभामुख कृष्ण बहादुर महरा माथी महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लाग्यो

काठमाडौ । असोज १३,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । 
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको गम्भीर आरोप लगाएकी हुन् । सभामुख महरामाथि गम्भीर आरोप लगाउँदै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा उक्त महिला कर्मचारी पुगे पनि लिखित जाहेरी भने परेको छैन । 

अनलाइनखबरको सम्पर्कमा आएकी भनिएकी संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएको उल्लेख छ ।
उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरिन् । 

दुर्व्यवहार पछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनु अघि नै सभामुख महरा बाहिरिएको उनले बताइन् । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियो समेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । 
बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको अनलाईन खबरमा उल्लेख छ । 
सभामुख महरा भन्छन्– उहाँले समायोजनको रीस पोख्नु भएको मात्र हो, सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताए । कर्मचारीले समायोजनमा परे पछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे । ‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो ?’ अनलाइनखबरको प्रश्नमा सभामुख महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइ दिनु पर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको भनेर भनेको स्वीकार गरेको अनलाईनखबरमा उल्लेख छ । 

यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’ त्यहीपछि यो अवस्था आएको हो महराको भनाई यसरी उल्लेख गरिएको छ ।