पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ - MONGOL KHABAR

Breaking

पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

नवलपुर । असोज ८ बुधबार, पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले १४ बर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल कावासोती १३ गैरीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार प्रहरीले घलेलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालेको छ । अधिकारीका अनुसार बालिकाका गर्भवती भएको बताउनु भएको छ । बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको समेत जनाइएको छ । 

बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।