नवलपरासीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ - MONGOL KHABAR

Breaking

नवलपरासीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ

मंगोल खबर संबाददाता
नवलपरासी । भदौं २४ मंगलबार, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १९ बर्षिय एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । आइतबार विहान ९ बजेको समयमा घरबाट कामको लागि बाहिर निस्किएकी युवतीलाई सुस्ता गाउँपालिका सेखुवानास्थित भित्री सडक खण्डमा डर त्रास देखाएर जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनीहरुलाई सडकबाट तीन सय मिटर भित्र रहेको उखु बारीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । युवतीलाई बलात्कार गरेको सूचना पाए पछि इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक प्रकाश श्रीमलको कमाण्डमा खटिएको टोलीले सिमाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । घटनामा १० जना संलग्न रहेको र एक जना अझै फारार रहेकाले खोजी कार्य भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा सबै सुस्ता गाउँपालिका –फेनरवा बस्ने ४५ वर्षका सुरेन्द्र यादव, २५ वर्षका मनमोहन राजभर, २२ वर्षका शिवराज राजभर, ३७ वर्षका मिभलाल मुसहर, २२ वर्षको सन्दिप यादव, २२ वर्षको राजु मुसहर, ४० वर्षको नेत्र चौधरी, १९ वर्षको पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भडिहार रहेको प्रहरी निरिक्षक थापाले बताए ।