नेकपा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम स्थलमै झडप - MONGOL KHABAR

Breaking

नेकपा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम स्थलमै झडप

मंगोल खबर संबाददाता
महोत्तरी । भदौं २४ मंगलबार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएको छ । विवादका बीच महोत्तरीको बर्दिबास स्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिए पछि झडप भएको हो । 
झडपका क्रममा सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ यादव घाइते भएका छन् । उनी प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ । मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो । 
नेकपाका केद्रिय सदस्यराजु खड्काले सिरहा र सप्तरी बाहेक अन्य जिल्लाको शपथ ग्रहण स्थगित भएको जानकारी दिए । नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले विवाद समाधान नगरी सपथग्रहण गराए पनि यो अवस्था आएको बताइएको छ।