एक नागरिकको पुकार - जीवन मंगोल - MONGOL KHABAR

Breaking

एक नागरिकको पुकार - जीवन मंगोल

काठमाण्डौं । असोज १२, नितान्त निजि बिचार हुन मेरा । अहिले कुमाई बाहुन प्रधानमन्त्री छन । "कुमाईको घुमाई" सबैलाई थाहा भएकै हो । बहुमतको सरकार भनिएको छ । अराजकता नै अराजकताको देश बनिरहेको छ । कहिले बलात्कार, कहिले हत्या हिंसा देशमा नकारात्मक भयबादको सिकार हुनुपरेको छ, आम जनता । सरकार निकम्मा । केही काम गर्न नसक्ने । अर्को तिर अराजकता निम्त्याउने, देश बिखण्डन निम्त्याउने, मधेसमा सिके जन्माउने यस्तै आतंककारी शरणार्थी हुन ।
खुलेयाम देश अलग गर्न उफार्ने सरकार नै हो । "हामी मुखदर्शक बनेका छौ, निरीह भएका छौ भन्छ सरकार ।" देश बिखण्डनको मौन समर्थन सरकार आफै गर्छ । बलत्कारीको मौन समर्थन गर्छ सरकार । हत्या हिंसाको मौन समर्थन गर्छ यहि सरकार । तस्करीलाई छुट दिने यहि सरकार । एउटा गाई काटेर खादा पहाड खसे झै गर्छ । मान्छे मार्दा मौन बस्छ सरकार । सरकार, तिम्रो संस्कृतिको झाकी धेरै भयो । नदेखाउ झाकी । तिम्रो बलत्कारी नीतिले मेरो सुगन्धित माटो बलात्कार नगरिदेउ ।

अहिले देशको प्रधानमन्त्री केपि ओलि -उनी अमेरिका तिर छन । एक अन्तरक्रियामा नेपाल एक स्वतन्त्र मुलुक भन्दै थिए । म भन्छु यो मुलुक बृटिसको उपनिबेश थिएन तर त्यही बृटिशकै बंश बाहुन क्षेत्रीले उपनिबेश कायम गरेको 5/6 सय वर्ष हुदैछ । बरु बृटिशको उपनिबेश भएको भए कम्तिमा केही बिकास हुनेथियो तर बाहुन क्षेत्री साम्राज्यवादिले यो देश कहिल्यै बनाउन चाहेनन । बृटिशहरु भारत सम्म आए ४ सय बर्ष अघि र फर्की सके । बाहुन क्षेत्री साढे ५ सय बर्षदेखी जमार बसेका छन । अनि मधेस र पहाडी रास्ट्रबादको नाममा देश बिखण्ड गर्ने यिनै हुन । शाहहरुलाई उचालेर पछार्ने रानालाई उचालेर पछार्ने यहि यिनै बाहुन थिए । अहिले मधेश र पहाडको नाम देश फुटाउने मौन कसरत चलिरहेको छ ।

वर्तमान नेपाली भुगोल फुटाउन उक्साउने जन्मदाता पहिलो केपि ओलि हुन । अतिबादी सोच बोक्ने ओलि जस्ता अनगिन्ती कोहि हिन्दुराज्य, कोहि कम्युनिस्टको नाममा सलबलाउनु नै असली भुमिपुत्रहरुको निम्ति घातक छ । राजतन्त्र र कम्युनिस्टको नाममा आतंक भय सृजना गर्ने नालायकहरुकै कारण मुलुकमा यस्ता गतिबिधी बढेको छ । UN मा उभिएर प्वाक्क बोल्नु र संसारलाई मक्ख पार्नु सरकारको सफलताको मानक होइन । अर्को भावनामा बहकाएर जनतालाई केही क्षण खुशी बनाउनु खुबिको बिषय हुन सक्छ । यसको मत्लब यो होइनकी जनता भावनामा सधै बहकिन्छ। जनता निर्मम बनिदिएको समय निकै महंगो पर्न जान्छ शासकको लागि । अत्याचारको ग्यास गुम्सिएर बसेको छ । ज्वालामुखी झै कुण्ठित बिचारहरु बिस्फोट हुन नसकेको होइन । जनता संयमता अपनाइरहेका छन । यथार्थमा भन्नू पर्दा जनता आशावादी छन र अहिले सम्म आसै आसमा धैर्यता गरिरहेका छन  ।

आस र बिश्वासको बाध टुट्ने हो भने के हुन्छ ? यसलाई गम्भीरतापूर्कक बिचार पुराउनु उचित छ । दैनिक जस्तो घट्ने जघन्य अपराध नियन्त्रण गर्न छाडेर प्रशासन आफै बलत्कारी जस्तो गर्छ । एक भारतीय बिद्वानले फेसबुकमा लेखेका थिए, सत्ता र शक्तिको आडमा सरकार अत्याचर गर्छ । प्रशासन पुलिस पैसामा बिक्री हुन्छ । न्यायमुर्ति  पैसामा बिक्रि हुन्छ । अदालत भ्रष्टाचारको अखडा बन्छ । कर्मचारी भ्रस्टाचारि बन्छ अनि न्यायको कल्पना गर्न सकिँदैन । एउटा जर्ज जब निस्पक्ष वकालत गर्दैन, एउटा कर्मचारीले पारदर्शी काम गर्दै र एउटा नेताले सहि नेतृत्व दिन सक्दैन भने देश डुब्छ । एउटा ब्यापारीले नाफा नोक्सान बुझ्दैन भने सफल ब्यापारी बन्न सक्दैन । एउटा ड्राइभरले गलत बाटो गाडी हाक्यो भने दुर्घटना हुन्छ गन्तव्य पुग्न सक्दैन ।

आर्थिक संमृद्धी र बिकासे नाराले मात्र मुलुक बन्दैन सबै पाटोलाई सन्तुलित बनाउनुपर्यो । त्यो केपि ओलिको सरकारको हकमा लागू भएको छैन । मानवअधिकारको परिपालन गर्नु पर्यो, अमानवीय कार्य हुनु रोक्नु पर्यो । पोलिसी बन्नुपर्यो, कानुन बन्नु पर्यो तर बिभेदकारी हुनुभएन । त्यसो भन्दा साम्प्रदायिकको कित्तामा राखिन्छ । बलात्कारको घट्ना घट्छ, बिरोध भए बिरोधिलाई दमन गरिन्छ । यहि नै न्याय समानताको मानक हो ? देश फुटाउने अभियानलाई मल गर्नु मौन बस्नु नै समाधान हो? के यहि नै देशको स्वाभिमान ? म एउटा यो देशको भुमिपुत्र मूलबासी भएको हैसियतले मलाई मेरो देश फुटाउनेप्रती घृणा छ । अझ त्यो भन्दा बढी बाहुनबादी साम्राज्यवादिको घृणा लागेर आउँछ । बरु मलाई बलि चढाउ बिन्ती छ । मेरो देशलाई गाली गरेको शासकलाई रमिता छ । म जस्तै नागरिकलाई गाली बेइज्जत गर्नेहरुप्रति सरकारको सहानुभूति छ ।

पहाड र मधेसको पर्खाल लगाउनेप्रति सहानुभूति प्रकट गर्ने मलाई चाहिएन । न मधेस नेपाल होइन भन्ने प्रती नै । यस्ता कुराको निराकरण सम्बन्धित पक्षबाट नभए म प्राणको बाजि लगाउन तयार छु तर देश बिखण्ड कदापि हुन सक्दैन । यो भुगोल कसैले आफ्नो बिर्ता सम्झिएको भए मान्य हुनेछैन । र कुनै बिदेशीले कुनै यस्तो गर्छ भने म गर्वका साथ प्राण दिन तयार छु । मुकदर्शक बन्ने छैन । म एक नागरिक भएकोले मेरो पुकार सुनिदेउ !