जीवनभर छुटिन नपरोस् भनेर उनीहरु एउटै केटासंग विवाह गर्न निर्णय - MONGOL KHABAR

Breaking

जीवनभर छुटिन नपरोस् भनेर उनीहरु एउटै केटासंग विवाह गर्न निर्णय

पोखरा । भदौ २७ शुक्रबार, अर्घाखाचीका १६ बर्षे युवती अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनीहरु निकै मिल्ने साथी हुन् । जीवनभर छुटिन नपरोस् भनेर उनीहरु एउटै केटासंग विवाह गर्न चाहेको बताउँछन् ।
यि नै हुन् भावना पाण्डे र तस्मिता पाण्डे । उनीहरु निकै मिल्ने साथी हुन् । अहिले १२ कक्षामा अध्ययनरत छन् । यिनीहरुको इच्छा भाबना र बिचार एकअर्कास“ग एकदमै मिल्छ त्यसकारणले अब यिनीहरुले एउटै केटास“ग बिहे गर्ने निर्णय गरेको बताउँछन् । जीवनभर छुटिन नपरोस भनेर आफुहरुले यस्तो निर्णय गरेको बताएका छन् ।


उनीहरु त्यस्तो केटाको खोजिमा छन् जसले यि दुवैलाई नै विवाह गरोस् ।विवाह पछि पनि कहिल्यै झगडा नगर्ने र संगै मिलेर बस्ने बताउँछन् । अहिले सम्म झगडा नपरेको दावी गर्ने यि दुवै युवतीले विवाह पछिको जीवनका बारेमा पनि योजना सुनाएका छन् ।