कावासोती थपियो नयाँ होम स्टे, मुख्य मन्त्रीले उद्धघाटन गर्ने - MONGOL KHABAR

Breaking

कावासोती थपियो नयाँ होम स्टे, मुख्य मन्त्रीले उद्धघाटन गर्ने

दयाराम आचार्य
कावासोती, २४ असोज, नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिका –१०मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा यहाँ रहेका १३ घरमा घरबास स्थापना गरिएको छ । थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रमा घरबास स्थापना गरिएको हो ।
घरबास स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु. १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नम्बर –१०,का वडा अध्यक्ष टेक नारायण महतोले बताउनुभयो । प्रदेश सरकारको लागतमा सास्कृतिक भवन निर्माण गरिएको छ । १३ वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकै पटक बस्न सक्ने वडा अध्यक्ष महतोले बताउनुभयो । चिलाहा रतौल सामुदायिक ग्रामिण घरबासको रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन । मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उहाँले बताउनुभयो । घरबासको माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताउनुभयो ।

घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उहाँले बताउनुभयो । घरबासमा आउने पाहुनाहरुले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडा अध्यक्ष महतोले बताउनुभयो । घरबासको यही असोज ३० गते उद्धघाटन गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्खले घरबासको उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ । योसँगै नवलपुरमा सञ्चालित घरबासको सङ्ख्या ७ पुग्ने भएको छ । यस अघि नवलपुरको अमलटारी,पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ,बघुवनमा घरबास सञ्चालन भइसकेका छन् । कावासोतीमानै थप दुईवटा घरबास सञ्चालनको तयारी गरिएको छ । लामिचौर, अमलटारी घरबास सञ्चालनकालागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । मध्यविन्दुको रतनपुर,सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ । यहाँ रहेका घरबासमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् ।

जिल्ला सञ्चालित घरबासहरू विभिन्न समुदायका रहेका छन् । थारु, मगर, गुरुङ्ख,दराई समुदायद्धारा सञ्चालित घरबासहरुमा समुदाय अनुसारका संस्कृति प्रर्दशनि, रहनसहन, सोही समुदायका खानाका परिकारहरू पर्यटककालागि आकर्षक हुने गर्दछन् ।
तस्बिर ;-