अरूकाे श्रीमतीसँग रक्सी खाँदै पोर्न हेर्दै बसेको बेला कांग्रेस नेता पक्राउ - MONGOL KHABAR

Breaking

अरूकाे श्रीमतीसँग रक्सी खाँदै पोर्न हेर्दै बसेको बेला कांग्रेस नेता पक्राउ

बुटवल । असोज १५ बुधबार, नेपाली कांग्रेसका एकजना नेता अर्काको श्रीमतीसँग रक्सी खाँदै पोर्न फिल्म हेर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
रुपन्देही–५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सालझण्डीका हरि पोखरेल बुटवल उपमहानगरपालिका–१२ बेलबासीकी महिलासँग सँगै बसिरहेको बेला पक्राउ परेका हुन् । पक्राउ पर्ने महिला नेकपाका पूर्व कार्यकर्ता रहेको बताइएको छ । उनीहरु दुवैजना कोठा भित्र बसेर रक्सी खाँदै पोर्न फिल्म हेर्दै थिए । तर जब महिलाका श्रीमान कोठामा आइपुगे, उनले सबै कुरा देखे । उनले नै प्रहरीलाई खबर गरी पक्राउ गर्न सहयोग गरेको बुझिएको छ ।

महिलाका श्रीमानको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरी प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ । यस घटनाबारे प्रहरीले अनुन्धान गरिरहेको छ ।