एमएनओ-डा.गोपाल गुरुङ केन्द्रीय सदस्य जगत ठाडा मगरलाई मातृ शोक - MONGOL KHABAR

Breaking

एमएनओ-डा.गोपाल गुरुङ केन्द्रीय सदस्य जगत ठाडा मगरलाई मातृ शोक

मंगोल खबर समबाददाता
नवलपुर । कार्तिक ७ बिहिवार, नवलपुर निबासी मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रिय सदस्य तथा मंगोल खबर अन्लाईन मिडिया प्रालिका प्रबन्धक संचालक / प्रबन्धक सम्पादक जगत ठाडा मंगोललाई मातृ शोक परेको छ ।
मंगोल युबा नेता जगत ठाडा मंगोलको आमा भिमा ठाडा मगरको ७६ बर्षको उमेरमा निधन भए पछि उहाँ मातृशोकमा पर्नुभएको हो । भिमा ठाडा मगरको कालिगण्डकी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । युबा मंगोल नेता जगत ठाडा मंगोलको आमाको अन्तिम दाहसंस्कारमा स्थानिय, नेता तथा बुद्धिजीवीहरु श्रद्धाञ्जली अर्पण गर्न कालीगण्डकी घाट पुग्नुभएको थियो । त्यसैगरी समाजसेवी बुद्धिजीवि, सहपाठी, सहकर्मी सहितका सयौ स्थानीयहरुले मौन धारण सहित श्रद्धान्जली अर्पण गरेका थिए । 

स्थानीयको बाक्लो उपस्थितिले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो ।