नवलपुरको प्रगतिनगरमा गोलि चल्यो, गोलि चलाउने फरार - MONGOL KHABAR

Breaking

नवलपुरको प्रगतिनगरमा गोलि चल्यो, गोलि चलाउने फरार

रामकुमार श्रेष्ठ –
नवलपरासी, ३ कात्तिक । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ को प्रगतिनगर चोकमा गोली चलेको छ ।
शनिबार राति एक राउण्ड गोली चलेको हो । प्रगतिनगरका उत्सव आचार्य, विरेन्द्रराज काफ्ले र कावासोतीका विकास श्रेष्ठ र देवचुली ९ का राम रानाबीच विवाद हुँदा गोली चलेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले गोली चलाउने विकास श्रेष्ठ र राम रानालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
घटना स्थलमा एक थान गोलीको खोका भेटिएको छ । देवचुली ९ निवासी विरेन्दराज काफ्लेले आफूमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार भएको भन्दै विकास श्रेष्ठ र राम रानालाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् । गोली चलाउने प्रगतिनगरका उत्सव आचार्य फरार रहेको बताइएको छ ।

प्रहरीले हतियार बरामद गर्न सकेको छैन । गोली राम राना र विकास श्रेष्ठ चढेर आएको ना ३८ प ९०५५ नम्बरको मोटरसाइकलको तेलको टंकीमा लागेको थियो ।