मुलबासी मंगोलले दशै किन बहिष्कार गर्ने, हाम्रो इतिहास जानी राखौं - MONGOL KHABAR

Breaking

मुलबासी मंगोलले दशै किन बहिष्कार गर्ने, हाम्रो इतिहास जानी राखौं

दशै तपाईको चाड हो वा होईन, बुझेर मात्र मनाउनु होला ।
(१) दशै भारतबाट आयत गरेको चाड हो । 
(२) नेपालको भूभागसंग र नेपालका मुलबासी संग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?  
(३) गोरखा राज्य विस्तार भए पछि अति हिन्दुवादी निरंकुश गोरखाका शाह राजाले मुलबासीहरुलाई आदिवासी जनजाति स्वीकार्न बाध्य गराई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र गाेर्खा भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ । 
(४) राई :- दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा मुलबासी राम्लिहाङ र रिदमा आठपरिया राईलाई झुण्डाएर हत्या गरेको थियो । 
(५) लिम्बु :- सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको भेषमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए । 
(६) नेवा :- षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्जा गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए । 
(७) गुरुङ :- पृथ्वी नारायण शाहको आदेश अनुसार सेनामा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएर बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(८) मगर :- बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेर मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ । 
(९) तामाङ :- सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममता पूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।